Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सुनसरीका किसानलाई जुट उत्पादनको चटारो

सुनसरीका किसानलाई जुट उत्पादनको चटारो
A A+ A-

सुनसरी। सुनसरीका किसानहरू पछिल्लो एक महिनादेखि जुट काट्ने, प्रशोधन गर्ने र बिक्री गर्ने काममा व्यस्त छन् । तराई क्षेत्रको तातो र आर्द्र हावापानीमा हुने यो नगदे बालीका लागि साउन र भदौ महिना कटाइको समय हो ।

कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार यस वर्ष जिल्लाको १ हजार ३३४ हेक्टर जमिनमा जुट खेती गरिएको छ । यसबाट २ हजार ८१ मेट्रिक टन उत्पादन भएको छ, जुन गत वर्षको तुलनामा बढी हो । गत वर्ष १ हजार ३०८ हेक्टरमा २ हजार १० मेट्रिक टन जुट उत्पादन भएको थियो ।

भोक्राहा नरसिंह गाउँपालिकाका किसान रसिद मियाँका अनुसार जुट काटेपछि १५ दिनसम्म पानीमा डुबाएर राख्नुपर्छ । त्यसपछि मात्र जुट र सन्ठी केलाउन सकिन्छ । स्थानीय किसानहरूले ५ देखि १४ कट्ठासम्म जमिनमा जुट लगाएका छन् । जुटको बजार मूल्य ४० केजीको ६ हजार रुपियाँ रहेको छ र व्यापारीहरू घरमै आएर जुट खरिद गर्ने गर्दछन् ।

यद्यपि, खेतीमा लगानी पनि उत्तिकै रहेको किसान बताउँछन् । रञ्जित मेहताका अनुसार पाँच कट्ठा जमिनमा जुट लगाउँदा ५० हजार रुपियाँसम्म खर्च हुन्छ, जसमा मजदुरको ज्याला र खाना खर्च समावेश छ ।

सुनसरीमा भोक्राहा नरसिंह, कोसी, हरिनगर, गढी, बर्जु र देवानगन्ज गाउँपालिकाका साथै दुहवी र इनरुवा नगरपालिकामा जुट खेती बढी हुने गरेको छ । जुट उद्योगीहरूका अनुसार स्थानीय उत्पादनले मात्र माग धान्न नसक्दा भारत र बंगलादेशबाट जुट आयात गर्नुपर्ने बाध्यता छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीण श्रेष्ठका अनुसार मूल्यमा सुधार आए किसानहरूले खेतीको क्षेत्रफल बढाउने र केही वर्षमै देश आत्मनिर्भर हुन सक्ने सम्भावना छ ।

2