Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपाली बजारमा सार्वजनिक

मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपाली बजारमा सार्वजनिक
A A+ A-

काठमाडौं। सूर्य नेपाल भेन्चर्स प्रा. लि. (SNVPL) ले नेपाली बजारमा मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती सार्वजनिक गरेको छ। कम्पनीले यस नयाँ उत्पादनमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध-एब्सोल्युट, रोयल र इन्टेन्सिटी-लाई एउटै प्याकमा समावेश गरेको जनाएको छ।

नेपाली उपभोक्ताको बदलिँदो रुचि र जीवनशैलीलाई ध्यानमा राख्दै तयार पारिएको यो उत्पादन चारकोलरहित रहेको कम्पनीले उल्लेख गरेको छ। लामो समयसम्म टिकिरहने सुगन्ध यसको प्रमुख विशेषता हो। उपभोक्ताले आफ्नो मूड वा अवसरअनुसार तीन फरक सुगन्धमध्येबाट छनोट गर्न सक्नेछन्।

सूर्य नेपाल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक गौरव तायलले भने, “मङ्गलदीप सेन्ट ३ इन १ ले नेपाली उपभोक्ता समक्ष नवीन र सोच-विचारपूर्वक तयार पारिएका उत्पादन ल्याउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ। परफ्युमबाट प्रेरित तथा चारकोलरहित सुगन्धमार्फत हामीले उपभोक्तालाई स्वस्थकर तर थप आनन्ददायी दैनिक अनुभव दिन खोजेका हौं।” उनले यो उत्पादन सार्वजनिक गर्नुले नेपाली उपभोक्ताको आवश्यकता अनुसार अघि बढ्ने आफ्नो प्रतिबद्धतालाई थप बलियो बनाएको बताए।

मङ्गलदीपले आफ्नो उत्पादन पोर्टफोलियोमा चन्दन, चम्पा, अर्पण, ज्यास्मिन, म्यारिगोल्ड र ल्याभेन्डरलगायतका सुगन्धहरू समावेश गर्दै आएको छ। नयाँ सार्वजनिक गरिएको सेन्ट ३ इन १ अगरबत्ती रु. १०० र रु. २०० को प्याकमा उपलब्ध हुनेछ। यो उत्पादन नेपालभरका किराना पसल, जनरल ट्रेड र मोडर्न ट्रेड आउटलेटहरूमा बिक्रीका लागि राखिएको कम्पनीले जानकारी दिएको छ।

2