Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

बाँदर र बँदेलको त्रासले कोहलपुरका किसान बेसार खेतीतर्फ आकर्षित

बाँदर र बँदेलको त्रासले कोहलपुरका किसान बेसार खेतीतर्फ आकर्षित
फाइल फोटो
A A+ A-

काठमाडौं: बाँकेको कोहलपुर नगरपालिका: ७, सल्यानी टोलका किसानहरू जङ्गली जनावरको उपद्रोबाट बच्न परम्परागत बाली छोडेर बेसार खेतीतर्फ आकर्षित भएका छन्। बाँदर र बँदेलले धान, मकै, गहुँ र तोरी बाली सखाप पार्न थालेपछि किसानहरूले बेसारलाई वैकल्पिक आम्दानीको स्रोतका रूपमा अपनाएका हुन्।

स्थानीय किसान पूर्णकला गिरीका अनुसार जङ्गली जनावरले बेसारमा क्षति नगर्ने भएकाले जङ्गल छेउका जग्गामा यो खेती निकै प्रभावकारी बनेको छ। उहाँले भन्नुभयो, “धान, मकै, गहुँ र तोरी बाँदर तथा बँदेलले सखाप पार्छन्। बेसारलाई भने जङ्गली जनावरले क्षति गर्दैनन्। त्यसैले जङ्गलछेउको जमिनमा बेसार खेती गरेका छौँ।”

गत वर्ष चार कट्ठामा खेती गर्नुभएकी गिरीले यस वर्ष एक कट्ठा थप गर्नुभएको छ। उहाँले गत वर्ष २२ क्विन्टल बेसार उत्पादन गर्नुभएको थियो भने यस वर्ष ३० देखि ३५ क्विन्टल उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ। बजारमा बेसारको बिउ प्रतिक्विन्टल ६ हजार, काँचो बेसार ३ हजार रुपियाँ र पिँधेको बेसार प्रतिकिलो ३ सय रुपियाँमा बिक्री हुने गरेको छ।

अर्की किसान सरस्वती बुढाथोकीका अनुसार अन्य बालीको तुलनामा बेसारमा श्रम र लागत कम लाग्ने तथा रासायनिक मलको साटो गोठेमल प्रयोग गर्न सकिने भएकाले यो खेती सहज छ। सल्यानी टोलका करिब २० घरपरिवारले अहिले व्यावसायिक रूपमा बेसार खेती गरिरहेका छन्। यस वर्ष गाउँमा एक सय क्विन्टलभन्दा बढी बेसार उत्पादन हुने अनुमान गरिएको छ।

तराई भू-परिधि कार्यक्रमको सहयोगमा सीप पाएका स्थानीय महिलाहरूले अहिले बेसारको प्रशोधन र बजारीकरणमा पनि सक्रियता देखाएका छन्। गाउँमै बेसार पिँध्ने मिल र छिल्ने मेसिनको व्यवस्था भएपछि किसानलाई थप सहज भएको छ। व्यापारीहरू बेसार खरिद गर्न गाउँमै आउने भएकाले उत्पादन खेर जाने जोखिम पनि नरहेको स्थानीय बताउँछन्।

2