काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।
बजारमा अधिकांश तरकारीको मूल्य स्थिर रहे पनि केहीमा सामान्य घटबढ देखिएको छ। समितिको तथ्यांकअनुसार भारतीय सुकेको प्याजको औसत मूल्य प्रतिकिलो ९० रुपैयाँ कायम भएको छ। त्यस्तै, स्कुसको मूल्य प्रतिकिलो १५ रुपैयाँ छ।
अन्य तरकारीहरूमा ठूलो नेपाली गोलभेँडा ६५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ७५ रुपैयाँ र सानो लोकल गोलभेँडा ४३ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
बजारमा रातो आलु लाम्चो ५३ रुपैयाँ, लोकल गाँजर ११० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ र स्थानीय काउलीको मूल्य प्रतिकिलो १०९ रुपैयाँ रहेको छ। हाइब्रिड मुला ५५ रुपैयाँ, लाम्चो भन्टा ३५ रुपैयाँ र डल्ले भन्टा ४५ रुपैयाँमा बिक्री भइरहेको छ।
त्यसैगरी, तनेबोडी ४४ रुपैयाँ, मकै बोडी ८१ रुपैयाँ, घिउ सिमी ७५ रुपैयाँ, करेला ६५ रुपैयाँ, लौका ५५ रुपैयाँ, लोकल परबल ७५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँ, हरियो डल्ले फर्सी ३५ रुपैयाँ र पाकेको फर्सी ६५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
भिन्डी ५५ रुपैयाँ, रायोको साग १०० रुपैयाँ, पालुंगोको साग १०० रुपैयाँ, कन्य च्याउ २०५ रुपैयाँ, डल्ले च्याउ ४७५ रुपैयाँ र कुरिलो ५५० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।
