udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

फेडएक्स : विद्यार्थीको परियोजनादेखि विश्व डेलिभरी नेटवर्कसम्म

येल विश्वविद्यालयको कक्षामा जन्मिएको समयमै सामान पुर्‍याउने अवधारणाले पाँच दशकमा २२० भन्दा बढी देश जोड्ने विश्वव्यापी ढुवानी र आपूर्ति सञ्जाल बनायो।

फेडएक्स : विद्यार्थीको परियोजनादेखि विश्व डेलिभरी नेटवर्कसम्म
A A+ A-

सन् १९६५।

अमेरिकाको येल विश्वविद्यालयमा अर्थशास्त्र अध्ययन गरिरहेका एक विद्यार्थीले एउटा यस्तो समस्या देखिरहेका थिए, जुन त्यतिबेला सामान्य व्यापारिक समस्याजस्तो देखिँदैनथ्यो।

सामान एउटा ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने काम भइरहेकै थियो, तर सबै सामान समान प्रकृतिका हुँदैनथे। केही वस्तु समयमै पुगेनन् भने त्यसको मूल्य नै समाप्त हुन सक्थ्यो।

औषधि, विद्युतीय उपकरणका महत्वपूर्ण पार्टपुर्जा, कम्प्युटरका सामग्री र अन्य अत्यावश्यक सामानलाई सामान्य मालसामानझैँ केही दिन लगाएर पुर्‍याउने प्रणाली पर्याप्त थिएन।

अमेरिकामा व्यापार र प्रविधि तीव्र गतिमा बदलिँदै थियो। यस्तो अर्थतन्त्रमा सामानको दूरीभन्दा समयको मूल्य बढ्दै जाने थियो।

यही समस्यालाई केन्द्रमा राखेर येलका विद्यार्थी फ्रेडरिक डब्ल्यू. स्मिथले एउटा नयाँ ढुवानी प्रणालीको अवधारणा तयार गरे।

उनको प्रस्तावको मूल विचार थियो, समय संवेदनशील सामानलाई हवाई यातायात र जमिनमा आधारित वितरण प्रणालीलाई एउटै नेटवर्कमा जोडेर तीव्र रूपमा गन्तव्यमा पुर्‍याउने।

विश्वव्यापी ढुवानी उद्योगलाई पछि परिवर्तन गर्ने त्यो अवधारणा त्यतिबेला भने कक्षाकोठाको एउटा परियोजना मात्र थियो।

फेडएक्सको आफ्नै इतिहासअनुसार स्मिथले येलमा लेखेको उक्त शोधपत्रमा औसत अंक पाएका थिए। तर त्यही अवधारणा केही वर्षपछि अमेरिकाको एउटा नयाँ कम्पनीको आधार बन्यो।

यहाँबाट सुरु हुन्छ फेडएक्सको कथा।

यो केवल एउटा कुरियर कम्पनी जन्मिएको कथा होइन। यो एउटा व्यवसायीले बजारमा अहिलेसम्म पर्याप्त रूपमा समाधान नभएको समस्या पहिचान गरेर त्यसलाई सम्पूर्ण उद्योग बदल्ने व्यवसायिक मोडलमा कसरी परिणत गरे भन्ने कथा हो।

विद्यार्थीबाट उद्यमीतर्फ

फ्रेडरिक स्मिथको जन्म सन् १९४४ अगस्ट ११ मा अमेरिकाको मिसिसिपीमा भएको थियो। येलबाट सन् १९६६ मा स्नातक गरेपछि उनको जीवन केही समय व्यवसायभन्दा बिल्कुलै फरक दिशामा गयो।

उनी अमेरिकी मरीन कोरमा भर्ती भए। चार वर्षको सैन्य सेवाका क्रममा उनले भियतनाममा दुईपटक सेवा गरे।

सैन्य जीवनले उनलाई एउटा यस्तो अनुभव दियो, जुन पछि फेडएक्सको व्यवसायिक संरचनामा उपयोगी भयो। जटिल परिस्थितिमा सीमित समयभित्र मानिस, सामग्री र स्रोतलाई सही स्थानमा पुर्‍याउने काम सैन्य सञ्चालनको महत्वपूर्ण हिस्सा थियो।

फेडएक्सका अनुसार स्मिथले भियतनाममा दुईपटक सेवा गरेका थिए र सन् १९७० मा क्याप्टेनका रूपमा मरीन कोरबाट बाहिरिएका थिए। पछि उनले आफ्नो व्यवसायिक शिक्षा औपचारिक कक्षाभन्दा सैन्य सेवाबाट बढी पाएको भावमा पनि चर्चा गरेका थिए।

मरीन कोरबाट फर्किएपछि उनीसँग एउटा विचार पहिले नै थियो। अब त्यसलाई कम्पनीमा बदल्ने समय आएको थियो।

सन् १९७१ मा उनले अर्कान्ससको लिटिल रकमा फेडरल एक्सप्रेस स्थापना गरे। नाम पनि उनले सोचेरै रोजेका थिए। ‘फेडरल’ शब्दले देशव्यापी आर्थिक गतिविधिको भाव दिने र सम्भावित ग्राहकका रूपमा फेडरल रिजर्भ बैंकसँग समेत नाम जोडिन सक्ने उनको अपेक्षा थियो।

तर कम्पनी खोल्नु र कम्पनी चलाउनु फरक कुरा थियो।

समयमै सामान पुर्‍याउने विचार आकर्षक थियो। समस्या थियो, त्यसका लागि आवश्यक पूर्वाधार बनाउनु।

विमान चाहिन्थ्यो, विमानस्थल चाहिन्थ्यो, जमिनमा सामान संकलन र वितरण गर्ने टोली चाहिन्थ्यो, विभिन्न शहरबीचको समय तालिका मिलाउनुपर्थ्यो र सबैभन्दा महत्वपूर्ण कुरा, यो सम्पूर्ण प्रणाली एउटै संयन्त्रजस्तो चल्नुपर्थ्यो।

स्मिथले एउटा कुरियर कम्पनी मात्र बनाउन खोजेका थिएनन्। उनी हवाईजहाज, विमानस्थल, गोदाम, ट्रक, चालक, वितरण केन्द्र र सूचना प्रणालीलाई एउटै घडीका पाटाजस्तै चल्ने नेटवर्क बनाउन खोजिरहेका थिए।

यही मोडल पछि फेडएक्सको सबैभन्दा ठूलो व्यवसायिक शक्ति बन्यो।

१४ विमान र १८६ प्याकेज

सन् १९७३ अप्रिल १७।

मेम्फिस, टेनेसीबाट फेडरल एक्सप्रेसले नियमित सेवा सुरु गर्‍यो। सुरुआत कुनै विशाल कारोबारबाट भएन। कम्पनीसँग ३८९ कर्मचारी थिए। विमानको संख्या १४ थियो र ती थिए डासोल्ट फाल्कन जेट।

पहिलो रात १४ विमानले २५ अमेरिकी शहरमा जम्मा १८६ वटा प्याकेज पुर्‍याए।

आजको फेडएक्सको आकारसँग तुलना गर्दा १८६ प्याकेज लगभग नगण्य संख्या लाग्न सक्छ। तर व्यवसायको दृष्टिले त्यो रात महत्वपूर्ण थियो। त्यस रात एउटा नयाँ प्रकारको उद्योगले वास्तविक रूपमा काम गर्न थाल्यो, रातभर हवाई मार्गबाट सामान सार्ने र अर्को दिन ग्राहकसम्म पुर्‍याउने आधुनिक एक्सप्रेस डेलिभरी मोडल।

फेडएक्सले सञ्चालन केन्द्रका रूपमा मेम्फिस रोज्नु पनि संयोग थिएन।

अमेरिकाको भौगोलिक केन्द्रतिर पर्ने स्थान, खराब मौसमका कारण विमानस्थल बन्द हुने सम्भावना तुलनात्मक रूपमा कम हुनु, स्थानीय विमानस्थल प्रशासनबाट पूर्वाधार सुधारमा सहयोगको सम्भावना र थप ह्याङ्गर ठाउँ उपलब्ध हुनुजस्ता कारणले मेम्फिस उपयुक्त देखिएको थियो।

व्यवसायको एउटा महत्वपूर्ण पाठ यहीँ देखिन्छ। राम्रो विचार मात्र पर्याप्त हुँदैन। त्यसलाई सञ्चालन गर्न सही स्थान र संरचना चाहिन्छ।

फेडएक्सको व्यवसायिक मोडलमा रात विशेष महत्वपूर्ण थियो।

दिनभर ग्राहकबाट सामान उठाउने, राति विभिन्न स्थानबाट आएका प्याकेजलाई एउटै केन्द्रमा ल्याउने, त्यहाँ छिटो वर्गीकरण गर्ने, फरक गन्तव्यका विमानमा राख्ने र बिहानसम्म सम्बन्धित शहरमा पुर्‍याउने।

यसको अर्थ फेडएक्सले समय बेचिरहेको थियो।

ग्राहकले केवल एउटा प्याकेज पठाइरहेका थिएनन्। उनीहरूले निश्चित समयमा आफ्नो सामान गन्तव्यमा पुग्ने आश्वासन किन्दै थिए।

यहीँबाट फेडएक्सको व्यवसायिक दर्शनले आकार लिन थाल्यो।

मेम्फिस किन बन्यो व्यवसायको मुटु

फेडएक्सको विस्तार बुझ्न मेम्फिसलाई बुझ्नुपर्छ।

सामान्य कुरियर कम्पनीले प्रत्येक शहरबाट अर्को शहरसम्म अलग-अलग मार्ग बनाउन सक्छ। तर धेरै शहर जोडिँदै गएपछि त्यस्तो प्रणाली जटिल र महँगो हुन्छ। फेडएक्सले यसको विकल्पका रूपमा केन्द्रित वितरण प्रणाली विकास गर्‍यो।

देशका विभिन्न ठाउँबाट प्याकेज एउटा मुख्य केन्द्रमा आउने, त्यहाँ गन्तव्यअनुसार छुट्याइने र पुनः सम्बन्धित शहरतर्फ पठाइने।

यो मोडललाई आज सामान्य लाग्न सक्छ। तर सन् १९७० को दशकमा समयमै सामान पुर्‍याउने व्यवसायका लागि यो एउटा ठूलो सञ्चालनगत नवप्रवर्तन थियो।

मेम्फिसमा बनेको नेटवर्क क्रमशः फेडएक्सको मुटु बन्यो। सन् १९८१ मा कम्पनीले मेम्फिस अन्तर्राष्ट्रिय विमानस्थलसँगै आफ्नो सुपरहब खोल्यो। त्यसपछि विमान र जमिनमा आधारित वितरणलाई एउटै विशाल सञ्चालन प्रणालीभित्र जोड्ने क्षमता थप बलियो भयो।

हबको शक्ति संख्या बढ्दै जाँदा देखिन्छ। यदि प्रत्येक शहरले सबै शहरसँग प्रत्यक्ष सम्पर्क राख्नुपर्ने हो भने मार्गको संख्या अत्यधिक बढ्छ। तर एउटा केन्द्रित हब प्रणालीले धेरै शहरलाई एउटै नेटवर्कमा जोड्न सक्छ।

फेडएक्सले यही संरचनालाई आफ्नो प्रतिस्पर्धात्मक आधार बनायो।

संकटमा टिकेको कम्पनी

कुनै पनि नयाँ व्यवसायका लागि पहिलो वर्षहरू सबैभन्दा कठिन हुन्छन्। फेडएक्सका लागि पनि अवस्था सहज थिएन।

विमान सञ्चालन महँगो थियो। कर्मचारी चाहिन्थे। इन्धनको खर्च थियो। विमानस्थलको शुल्क थियो। ग्राहकको विश्वास जित्नुपर्थ्यो। अझ नयाँ व्यवसाय भएकाले पर्याप्त प्याकेज नआए पनि नेटवर्क सञ्चालन गर्नुपर्ने थियो।

ढुवानी व्यवसायको समस्या अरू धेरै व्यवसायभन्दा फरक हुन्छ। एउटा विमान आधा खाली उडाउनु र पूरा क्षमतामा उडाउनुबीच लागतको ठूलो अन्तर हुन्छ। त्यसैले ग्राहकको संख्या बढाउन नसके नेटवर्कको लागत व्यवसायमाथि भारी पर्न सक्छ।

फेडएक्सले विस्तारसँगै आफ्नो सञ्चालन क्षमता बढाउँदै गयो।

सन् १९७७ मा कम्पनीले सात वटा बोइङ ७२७ विमान खरिद गर्‍यो। प्रत्येक विमानको मालवाहक क्षमता डासोल्ट फाल्कनभन्दा धेरै ठूलो थियो। ठूलो विमानमा सर्ने निर्णयले कम्पनीलाई बढ्दो माग सम्हाल्ने क्षमता दियो।

सन् १९७८ मा फेडरल एक्सप्रेस न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत भयो। त्यसबेला कम्पनी अब केवल संस्थापकको प्रयोगमा सीमित परियोजना रहेन। बाहिरी लगानीकर्ताले पनि यसको भविष्यमा हिस्सा लिन थाले।

त्यसको केही वर्षमै विस्तारको गति झनै तीव्र भयो।

१० वर्षमै अर्ब डलरको कारोबार

सन् १९८३ फेडएक्सको इतिहासमा अर्को ठूलो मोड थियो।

कम्पनीले सञ्चालन सुरु गरेको एक दशकभित्रै १ अर्ब अमेरिकी डलर राजस्वको स्तर पार गर्‍यो। फेडएक्सका अनुसार विलय वा अधिग्रहणको सहाराबिना १० वर्षभित्र १ अर्ब डलर राजस्वमा पुग्ने यो पहिलो अमेरिकी व्यवसाय थियो।

यो उपलब्धिको पछाडि एउटा महत्वपूर्ण कुरा थियो, कम्पनीले एउटा बजार मात्र बनाएको थिएन। उसले नयाँ बजार सिर्जना गरिरहेको थियो।

पहिले सामान पठाउने ग्राहकसँग विकल्प थियो, तर तत्कालै अर्को दिन सामान पुर्‍याउने व्यवस्थित नेटवर्क सीमित थियो। फेडएक्सले व्यापारलाई समयसँग जोड्यो।

यसले विशेष गरी प्रविधि, औषधि, वित्त, उत्पादन र अन्य समय संवेदनशील क्षेत्रमा व्यवसाय गर्ने कम्पनीलाई नयाँ सुविधा दियो।

कम्प्युटरको एउटा पार्ट बिग्रियो भने त्यसको विकल्प समयमै पुग्नुपर्थ्यो। औषधि वा मेडिकल सामग्री तत्काल आवश्यक पर्न सक्थ्यो। व्यवसायिक कागजात वा नमुना समयमा नपुग्दा कारोबार प्रभावित हुन सक्थ्यो।

फेडएक्सले यिनै समस्यालाई आफ्नो बजार बनायो।

एउटा प्याकेजको पछाडि पूरा प्रणाली

फेडएक्सको सफलतालाई बाहिरबाट हेर्दा एउटा ट्रक वा विमान मात्र देखिन्छ। तर वास्तविक व्यवसाय त्यसको पछाडि लुकेको हुन्छ।

ग्राहकले एउटा प्याकेज दिँदा त्यसको तौल र आकार नापिन्छ। ठेगाना र सेवा प्रकार पहिचान हुन्छ। प्याकेजलाई नेटवर्कभित्र पठाउन आवश्यक जानकारी तयार हुन्छ। त्यसपछि स्थानीय संकलनबाट क्षेत्रीय केन्द्र, त्यहाँबाट हब, हबबाट अर्को शहर, त्यसपछि स्थानीय वितरण केन्द्र र अन्ततः ग्राहकको ढोकासम्म पुग्ने प्रक्रिया सुरु हुन्छ।

यसको अर्थ फेडएक्सले भौतिक सामान मात्र बोकेको छैन। उसले प्रत्येक प्याकेजसँग जोडिएको सूचना पनि व्यवस्थापन गरेको छ।

कुन प्याकेज कहाँ छ, कुन विमानमा जान्छ, कुन ट्रकमा चढ्छ, कहिले डेलिभरी हुनुपर्छ र ग्राहकलाई यसको स्थिति कसरी देखाउने भन्ने कुरा एउटै नेटवर्कको हिस्सा बन्यो।

त्यसैले फेडएक्सको व्यवसाय विमान र ट्रकको व्यवसायभन्दा धेरै ठूलो हो। यो समय, सूचना, प्रविधि र भौतिक वितरणको संयुक्त व्यवसाय हो।

रातभरको डेलिभरीबाट विश्वव्यापी नेटवर्कसम्म

अमेरिकामा मोडल सफल भएपछि फेडएक्सले सीमाना बाहिर हेर्न थाल्यो।

सन् १९८४ मा कम्पनीले युरोप र एसियामा अन्तरमहादेशीय सेवा विस्तार गर्‍यो। त्यही वर्ष युरोपेली कुरियर कम्पनी गेल्को एक्सप्रेस इन्टरनेसनल अधिग्रहण गरेर ८४ देश तथा क्षेत्रमा सेवा विस्तार गर्ने आधार तयार गर्‍यो। बेलायत, आयरल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स र बेल्जियमलगायत बजारमा सेवा सुरु भयो।

यो विस्तार केवल नयाँ देशमा कार्यालय खोल्ने कुरा थिएन। अन्तर्राष्ट्रिय ढुवानीमा भन्सार, स्थानीय नियम, विमान मार्ग, स्थानीय वितरण प्रणाली र विभिन्न देशको व्यापारिक संरचना बुझ्नुपर्थ्यो।

अमेरिकामा सफल भएको प्रणालीलाई जस्ताको तस्तै अर्को देशमा लैजान सकिँदैनथ्यो। प्रत्येक बजारमा स्थानीय संरचनासँग मिलेर काम गर्नुपर्थ्यो।

फेडएक्सले क्रमशः आफ्नो सेवा क्षेत्र विस्तार गर्‍यो र विश्वव्यापी व्यापारसँगै आफ्नो नेटवर्क पनि बढाउँदै लग्यो।

बारकोडदेखि डिजिटल ट्र्याकिङसम्म

फेडएक्सको अर्को महत्वपूर्ण पक्ष थियो प्रविधि।

ढुवानीको व्यवसाय बढ्दै जाँदा एउटा प्रश्न झन् महत्वपूर्ण भयो, ग्राहकको सामान अहिले कहाँ छ।

सुरुआती दिनमा ग्राहकले फोन गरेर जानकारी लिनुपर्ने अवस्था थियो। तर प्याकेजको संख्या लाखौँमा पुग्दा प्रत्येक प्याकेजलाई मानिसले मात्र ट्र्याक गर्ने प्रणाली सम्भव हुँदैन।

त्यसैले फेडएक्सले प्याकेज पहिचान, बारकोड, स्क्यानिङ र सूचना प्रणालीलाई आफ्नो व्यवसायमा जोड्दै गयो।

सन् १९८५ मा रोडवे प्याकेज सिस्टमले बारकोड प्रयोग गरेर साना प्याकेज ट्र्याक गर्ने उद्योगमा महत्वपूर्ण परिवर्तन ल्यायो। त्यसपछि सन् १९८६ मा सुपरट्र्याकर नामको हातमा बोक्न मिल्ने बारकोड स्क्यानर पनि ल्याइयो।

यो परिवर्तनको महत्व आजको डिजिटल युगमा झन् स्पष्ट देखिन्छ।

आज ग्राहकले मोबाइल वा कम्प्युटरबाट प्याकेज कहाँ पुगेको छ भनेर हेर्न सक्छन्। तर यसको आधारमा वर्षौँअघि विकास गरिएको सूचना र ट्र्याकिङ प्रणाली छ।

फेडएक्सले एउटा महत्वपूर्ण कुरा बुझिसकेको थियो, ढुवानीको व्यवसायमा सामान मात्र होइन, जानकारी पनि ग्राहकका लागि उत्पादन हो।

केवल कुरियर कम्पनी बन्न नचाहेको रणनीति

समयसँगै फेडएक्सले आफ्नो व्यवसायलाई कुरियर सेवाभन्दा फराकिलो बनाउँदै लग्यो।

साना प्याकेज, ठूला मालसामान, जमिनमार्गको ढुवानी, अन्तर्राष्ट्रिय एक्सप्रेस, गोदाम, भन्सारसम्बन्धी सेवा, आपूर्ति शृंखला व्यवस्थापन र अन्य व्यापारिक समाधानतर्फ कम्पनी अघि बढ्यो।

यसका लागि अधिग्रहण महत्वपूर्ण साधन बन्यो।

सन् १९९८ मा फेडएक्सको मूल कम्पनी संरचनाले क्यालिबर सिस्टमलाई समेट्यो। त्यसअन्तर्गत आरपीएसजस्ता व्यवसायले साना प्याकेजको जमिनमार्गबाट हुने ढुवानीमा कम्पनीको क्षमता बढाए। त्यतिबेला फेडएक्सले आफ्नो व्यवसायलाई विश्वव्यापी ढुवानी र रसद सेवाको फराकिलो संरचनातर्फ लैजाने रणनीति अघि बढाइरहेको थियो।

यसले फेडएक्सलाई एउटा महत्त्वपूर्ण फाइदा दियो। ग्राहकले एउटै कम्पनीमार्फत फरक प्रकारका ढुवानी सेवा लिन सक्ने अवस्था बन्यो।

एउटा प्याकेज हवाई मार्गबाट पठाउने ग्राहक र ठूलो मालसामान जमिनमार्गबाट पठाउने ग्राहक दुवैलाई एउटै समूहले सेवा दिन सक्ने भयो।

व्यवसायमा यसलाई विविधीकरण भन्न सकिन्छ, तर फेडएक्सको सन्दर्भमा यो आफ्नो मूल नेटवर्कको विस्तार पनि थियो।

इन्टरनेट आएपछि फेरि बदलियो व्यवसाय

१९९० को दशकपछि विश्व व्यापारमा अर्को ठूलो परिवर्तन आयो, इन्टरनेट।

व्यवसायी र ग्राहकबीचको दूरी घट्दै गयो। अनलाइन कारोबार बढ्न थाल्यो। कम्पनीहरूले विभिन्न देशमा ग्राहक खोज्न थाले। त्यसपछि एउटा नयाँ समस्या आयो, इन्टरनेटमा अर्डर भएको सामान ग्राहकको घरसम्म कसरी पुग्ने?

ई–कमर्सको विस्तारले ढुवानी कम्पनीलाई व्यापारको पछिल्लो चरणमा मात्र होइन, डिजिटल व्यापारको आधारभूत पूर्वाधारमा समेत बदलिदियो।

फेडएक्सले आफ्नो इतिहासमा इन्टरनेटमार्फत ढुवानी व्यवस्थापनको विकासलाई पनि महत्वपूर्ण नवप्रवर्तनका रूपमा प्रस्तुत गर्दै आएको छ।

आज ई–कमर्सको एउटा अर्डर ग्राहकले केही क्लिकमै गर्छ। तर त्यो क्लिकपछि वास्तविक संसारमा सुरु हुने प्रक्रिया धेरै जटिल हुन्छ।

गोदामबाट सामान निस्कन्छ, प्याक हुन्छ, लेबल लाग्छ, संकलन हुन्छ, वर्गीकरण हुन्छ, एउटा केन्द्रमा पुग्छ, आवश्यक भए विमान चढ्छ, अर्को देशमा पुग्छ, भन्सार पार गर्छ, स्थानीय वितरण केन्द्रमा पुग्छ र अन्ततः ग्राहकको घरसम्म पुग्छ।

डिजिटल कारोबारले माग सिर्जना गर्‍यो। फेडएक्सजस्ता कम्पनीले त्यो मागलाई भौतिक संसारमा पूरा गर्ने पूर्वाधार तयार गरे।

विश्वव्यापी विस्तारको अर्को ठूलो दाउ

२१औँ शताब्दीमा फेडएक्सले आफ्नो अन्तर्राष्ट्रिय विस्तारलाई थप तीव्र बनायो।

युरोपमा यसको उपस्थिति पहिले नै थियो। तर युरोपेली बजारमा बलियो जमिनमार्गको नेटवर्क बनाउन अर्को ठूलो कदम चाल्नुपर्ने थियो।

त्यसको एउटा उत्तर थियो, टीएनटी एक्सप्रेस।

सन् २०१५ मा फेडएक्सले टीएनटी एक्सप्रेस खरिद गर्ने प्रस्ताव अघि बढायो। प्रस्तावित कारोबारको मूल्य करिब ४.४ अर्ब युरो अर्थात् करिब ४.८ अर्ब अमेरिकी डलर थियो।

सन् २०१६ मे २५ मा फेडएक्सले टीएनटी एक्सप्रेस अधिग्रहण पूरा गर्‍यो।

यो फेडएक्सको इतिहासकै ठूलो रणनीतिक कदममध्ये एक थियो। टीएनटीसँग बलियो युरोपेली सडक वितरण नेटवर्क थियो भने फेडएक्ससँग विश्वव्यापी हवाई एक्सप्रेस नेटवर्क थियो। दुईवटा संरचना जोडिँदा फेडएक्सले युरोपमा आफ्नो पहुँचलाई ठूलो रूपमा विस्तार गर्न सक्ने अवस्था बन्यो।

अधिग्रहणको व्यवसायिक अर्थ स्पष्ट थियो। फेडएक्सले केवल नयाँ कम्पनी किनेको थिएन। उसले नयाँ भूगोल, ग्राहक, वितरण संरचना र स्थानीय बजारको अनुभव आफ्नो नेटवर्कमा जोडिरहेको थियो।

विश्वव्यापी व्यवसायमा विस्तारका लागि सधैँ नयाँ संरचना शून्यबाट बनाउनुपर्छ भन्ने छैन। कहिलेकाहीँ पहिले नै बनेको नेटवर्कलाई आफ्नो प्रणालीसँग जोडेर विस्तारको गति बढाउन सकिन्छ।

फेडएक्सले टीएनटीमार्फत यही रणनीति अपनायो।

एउटा संस्थापकको विचारभन्दा ठूलो बनेको कम्पनी

फ्रेड स्मिथको मूल विचार समय संवेदनशील सामान छिटो पुर्‍याउने थियो।

तर पाँच दशकपछि फेडएक्स त्यो प्रारम्भिक अवधारणाभन्दा धेरै ठूलो कम्पनी बनिसकेको छ।

फेडएक्सको वर्तमान नेटवर्कले २२० भन्दा बढी देश तथा क्षेत्रलाई जोड्छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०२५ मा उसको विश्वव्यापी आर्थिक प्रभाव प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२६ अर्ब अमेरिकी डलर पुगेको थियो। त्यही रिपोर्टअनुसार कम्पनीले ५,००० सुविधाबाट ५ लाखभन्दा बढी मानिसलाई रोजगारी दिइरहेको र प्रतिदिन करिब १ करोड ७० लाख प्याकेज ढुवानी गरिरहेको थियो। कम्पनीले हरेक वर्ष २ ट्रिलियन डलरभन्दा बढी मूल्यका सामान आफ्नो नेटवर्कमार्फत सार्ने बताएको छ।

सन् २०२६ मे ३१ सम्मको अमेरिकी नियामक फाइलिङअनुसार फेडरल एक्सप्रेससँग करिब ४ लाख ५२ हजार कर्मचारी, करिब ८४ हजार ड्रप अफ स्थान, करिब ७०० विमान र १ लाख ८० हजारभन्दा बढी मोटर चालित सवारी साधनको विश्वव्यापी नेटवर्क थियो।

अर्थात्, १९७३ मा १४ विमान र १८६ प्याकेजबाट सुरु भएको कम्पनी पाँच दशकभन्दा बढी समयपछि सयौँ विमान, लाखौँ कर्मचारी र करोडौँ प्याकेज प्रतिदिन सम्हाल्ने विश्वव्यापी नेटवर्कमा बदलिएको छ।

यो परिवर्तन केवल आकारको परिवर्तन होइन। यो व्यवसायको परिभाषा परिवर्तन भएको कथा हो।

फेडएक्सको वास्तविक उत्पादन के हो ?

फेडएक्सलाई बाहिरबाट हेर्दा यसको उत्पादन प्याकेज ढुवानी हो।

तर व्यवसायिक दृष्टिले हेर्दा फेडएक्सको वास्तविक उत्पादन ‘विश्वास’ हो।

ग्राहकले एउटा प्याकेज दिँदा उसले केवल सामान हस्तान्तरण गर्दैन। उसले कम्पनीलाई एउटा जिम्मेवारी दिन्छ। निश्चित समयभित्र सामान सुरक्षित रूपमा निश्चित ठाउँमा पुग्ने अपेक्षा गर्छ।

व्यवसायमा यही विश्वासलाई ठूलो मात्रामा दोहोर्याउनु कठिन हुन्छ।

एउटा प्याकेज समयमै पुर्‍याउन सजिलो हुन सक्छ। लाखौँ प्याकेजलाई एउटै दिन, फरक देश, फरक विमान, फरक सडक, फरक मौसम र फरक भन्सार प्रणाली पार गराएर समयमै पुर्‍याउनु बिल्कुलै फरक कुरा हो।

फेडएक्सको प्रतिस्पर्धात्मक क्षमता यही जटिलतालाई नियमित प्रक्रियामा बदल्नुमा छ।

त्यसैले कम्पनीले विमान मात्र किनेन। उसले हब बनायो। ट्रक मात्र चलाएन। सूचना प्रणाली बनायो। प्याकेज मात्र बोकेन। ट्र्याकिङ प्रणाली बनायो। नयाँ देशमा पुग्दा केवल कार्यालय खोलेन। स्थानीय वितरण संरचना र साझेदारी विकास गर्‍यो।

व्यवसायको ठूलो आकार धेरै साना प्रक्रियाको अनुशासनबाट बनेको हो।

समयलाई मूल्यमा बदल्ने व्यवसाय

फेडएक्सको सबैभन्दा ठूलो व्यवसायिक आविष्कार समयलाई प्रत्यक्ष रूपमा मूल्यमा बदल्नु थियो।

परम्परागत ढुवानीमा ग्राहकले मुख्यतः दूरी र वजनका आधारमा सेवा सोच्थे। फेडएक्सले त्यसमा अर्को तत्व थप्यो, समय।

आज पनि छिटो डेलिभरीका लागि ग्राहकले बढी शुल्क तिर्न तयार हुनुको आधार यही हो। समयमै सामान पुग्दा कम्पनीको उत्पादन रोकिँदैन। महत्वपूर्ण कागजात समयमै पुग्दा कारोबार अघि बढ्छ। आवश्यक पार्टपुर्जा समयमै आइपुग्दा कारखाना बन्द भएर बस्नुपर्ने अवस्था कम हुन्छ।

यसरी एउटा कुरियर कम्पनीले अर्थतन्त्रका अन्य क्षेत्रको समय बचत गर्ने व्यवसाय बनायो।

त्यही कारण फेडएक्सको वृद्धि केवल प्याकेजको संख्या बढेको कथा होइन। यो विश्वव्यापी व्यापारको गति बढ्दै जाँदा त्यसलाई चलाउने पूर्वाधारको कथा पनि हो।

संस्थापकको मृत्यु, तर विचारको यात्रा जारी

फ्रेडरिक डब्ल्यू. स्मिथको निधन सन् २०२५ जुन २१ मा ८० वर्षको उमेरमा भयो। फेडएक्सका अनुसार उनको निधन प्राकृतिक कारणले भएको थियो।

तर उनको मृत्युले फेडएक्सको कथा समाप्त गरेन।

यसको कारण कम्पनी अब एउटा व्यक्तिको नियन्त्रणमा रहेको सानो व्यवसाय थिएन। दशकौँको सञ्चालन, प्रविधि, पूर्वाधार, कर्मचारी, ब्रान्ड, ग्राहक र विश्वव्यापी नेटवर्कले यसलाई संस्थागत संरचनामा बदलिसकेको थियो।

यहीँ एउटा सफल कम्पनी र सफल उत्पादनबीचको अन्तर देखिन्छ।

उत्पादन सफल हुन सक्छ र केही वर्षपछि हराउन सक्छ। तर बलियो संस्थागत संरचना बनाउन सके कम्पनी संस्थापकभन्दा लामो समय बाँच्न सक्छ।

फेडएक्सको यात्रा यसैको उदाहरण हो।

संकटलाई अवसरमा बदल्ने क्षमता

फेडएक्सको इतिहासमा विस्तार मात्र छैन। बदलिँदो बजारअनुसार आफ्नो व्यवसायलाई पुनःसंरचना गर्ने क्रम पनि छ।

ढुवानी उद्योग स्थिर छैन। इन्धनको मूल्य बदलिन्छ। विश्व व्यापारको स्वरूप बदलिन्छ। ई–कमर्स बढ्छ। भन्सारका नियम बदलिन्छन्। ग्राहकले छिटो सेवा माग्छन्। डिजिटल प्रविधि आउँछ। प्रतिस्पर्धी कम्पनीहरू नयाँ सेवा ल्याउँछन्।

यस्तो बजारमा पुरानो सफलताको आधार मात्र समातेर बस्ने कम्पनी लामो समय टिक्न सक्दैन।

फेडएक्सले आफ्नो मूल पहिचानलाई कायम राख्दै सेवा विस्तार, प्रविधि, अधिग्रहण र नेटवर्क पुनर्संरचनामार्फत आफूलाई बदल्दै आएको छ।

यसको इतिहासमा १९७० को दशकको हवाई एक्सप्रेसदेखि १९८० को दशकको अन्तर्राष्ट्रिय विस्तार, १९९० को दशकको जमिनमार्ग सेवा, २००० को दशकको डिजिटल ढुवानी र त्यसपछि विश्वव्यापी आपूर्ति शृंखला सेवासम्म निरन्तर परिवर्तन देखिन्छ।

नेपाली व्यवसायका लागि फेडएक्सको पाठ

फेडएक्सको कथा नेपालका व्यवसायीका लागि पनि केवल विदेशी कम्पनीको सफलताको कथा होइन। यसभित्र व्यवसाय निर्माणका केही स्पष्ट आधार देखिन्छन्।

पहिलो, समस्या पहिचान।

स्मिथले ‘कुरियर कम्पनी खोलौँ’ भनेर व्यवसाय सुरु गरेका थिएनन्। उनले समयमै सामान पुर्‍याउन नसक्ने समस्या देखे। समस्या पहिचानपछि व्यवसायको अवधारणा जन्मियो।

दोस्रो, एउटै उत्पादनभन्दा प्रणाली निर्माण।

फेडएक्सले एउटा सेवा मात्र बनाएन। विमान, हब, ट्रक, कर्मचारी, सूचना प्रणाली, ट्र्याकिङ र वितरणलाई एउटै नेटवर्कमा जोड्यो। ठूलो कम्पनी बन्ने क्रममा यही प्रणाली उसको वास्तविक सम्पत्ति बन्यो।

तेस्रो, स्थानको रणनीतिक प्रयोग।

मेम्फिसलाई सञ्चालन केन्द्र बनाउने निर्णय केवल कार्यालय राख्ने निर्णय थिएन। भौगोलिक अवस्था, मौसम, विमानस्थलको क्षमता र विस्तारको सम्भावनालाई व्यवसायिक निर्णयमा समेटियो।

चौथो, प्रविधिलाई व्यवसायको केन्द्रमा राख्नु।

बारकोडदेखि डिजिटल ट्र्याकिङसम्म प्रविधिलाई पछि थपिएको सुविधा होइन, मुख्य व्यवसायिक संरचनाका रूपमा विकास गरियो।

पाँचौँ, समयसँगै व्यवसाय बदल्नु।

फेडएक्सले १९७३ को व्यवसायिक मोडललाई जस्ताको तस्तै राखेर पाँच दशक पार गरेको होइन। नयाँ बजार, नयाँ प्रविधि र नयाँ ग्राहक आवश्यकताअनुसार कम्पनीले आफ्नो संरचना विस्तार गर्‍यो।

छैटौँ, नेटवर्कको मूल्य बुझ्नु।

कुरियर व्यवसायमा एउटा शाखाको मूल्य सीमित हुन सक्छ। तर हजारौँ शाखा, विमानस्थल, विमान, ट्रक र डिजिटल प्रणाली एउटै नेटवर्कमा जोडिँदा त्यसको मूल्य धेरै गुणा बढ्छ।

१८६ प्याकेजबाट १ करोड ७० लाखसम्म

फेडएक्सको पूरा यात्रा केही संख्याले पनि बुझाउँछ।

सन् १९७३ को पहिलो रात १४ विमानले २५ शहरमा १८६ प्याकेज पुर्‍याएका थिए।

सन् १९८३ मा कम्पनीले १ अर्ब डलर राजस्वको स्तर पार गर्‍यो।

सन् २०१६ मा ४.४ अर्ब युरोमा टीएनटी एक्सप्रेस अधिग्रहण गर्‍यो।

आर्थिक वर्ष २०२५ मा कम्पनीले प्रतिदिन करिब १ करोड ७० लाख प्याकेज ढुवानी गरिरहेको र २२० भन्दा बढी देश तथा क्षेत्र जोडिरहेको जनाएको छ।

यी संख्याबीचको दूरी नै फेडएक्सको व्यवसायिक यात्रा हो।

एउटा विद्यार्थीले कक्षाकोठामा लेखेको अवधारणाबाट सुरु भएको कम्पनीले पहिले अमेरिकी शहरहरू जोड्यो। त्यसपछि महादेशहरू जोड्यो। त्यसपछि व्यवसायलाई सूचना प्रविधिसँग जोड्यो। ई–कमर्ससँग जोड्यो। आपूर्ति शृंखलासँग जोड्यो।

अन्ततः फेडएक्स आफैँ विश्वव्यापी व्यापारको एउटा पूर्वाधार बन्यो।

विद्यार्थीको परियोजनादेखि विश्व डेलिभरी नेटवर्कसम्म

फेडएक्सको कथा कुनै एक रातमा बनेको सफलता होइन।

सन् १९६५ मा येलको कक्षामा एउटा विचार जन्मियो। त्यसपछि सैन्य सेवाले संस्थापकलाई जटिल सञ्चालनको अनुभव दियो।

सन् १९७१ मा कम्पनी स्थापना भयो। सन् १९७३ मा १४ विमान र १८६ प्याकेजबाट वास्तविक सेवा सुरु भयो। त्यसपछि हब प्रणाली बलियो बन्यो। ठूला विमान आए। कम्पनी स्टक एक्सचेन्जमा पुग्यो।

१० वर्षमै १ अर्ब डलर राजस्वको स्तर पार गर्‍यो। अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्‍यो। प्रविधि जोड्यो। जमिनमार्गको व्यवसाय विस्तार गर्‍यो।

इन्टरनेट र ई–कमर्सको विस्तारसँगै आफ्नो भूमिका फराकिलो बनायो। टीएनटीजस्ता कम्पनी अधिग्रहण गरेर विश्वव्यापी नेटवर्कलाई थप बलियो बनायो।

आज फेडएक्सको नेटवर्क २२० भन्दा बढी देश तथा क्षेत्रमा फैलिएको छ। सयौँ विमान, लाखौँ सवारी साधन, हजारौँ सञ्चालन केन्द्र र लाखौँ कर्मचारीले विश्वव्यापी ढुवानी प्रणाली चलाइरहेका छन्।

तर यो विशाल संरचनाको केन्द्रमा अझै पनि त्यही पुरानो समस्या छ, सामान सही ठाउँमा सही समयमा पुर्‍याउनु।

फरक यति मात्र हो, सन् १९६५ मा त्यो समस्या एउटा विद्यार्थीको कापीमा थियो। सन् १९७३ मा १८६ प्याकेजमा देखियो। आज त्यही अवधारणा करोडौँ प्याकेजको विश्वव्यापी नेटवर्कमा सञ्चालन भइरहेको छ।

फेडएक्सले देखाएको व्यवसायिक बाटो यही हो, बजारमा पहिले नै रहेको व्यवसायलाई अझ ठूलो बनाउनु एउटा बाटो हो, तर मानिस र कम्पनीले भोगिरहेको वास्तविक समस्याको नयाँ समाधान सिर्जना गरेर त्यसलाई उद्योगकै आधार बनाउनु अर्कै स्तरको उद्यम हो।

फ्रेडरिक स्मिथले दोस्रो बाटो रोजे।

येलको एउटा औसत अंक पाएको परियोजना व्यावसायिक रूपमा असफल भएको कागज बनेर थन्किएन। त्यसले एउटा कम्पनी जन्मायो। कम्पनीले एउटा उद्योग जन्मायो। उद्योगले विश्वव्यापी व्यापारको गति बदल्यो।

१४ विमान र १८६ प्याकेजबाट सुरु भएको त्यो प्रयोग आज विश्वका २२० भन्दा बढी देश तथा क्षेत्र जोड्ने विशाल डेलिभरी नेटवर्कमा बदलिएको छ।

फेडएक्सको वास्तविक सफलता एउटा कुरियर कम्पनी ठूलो बनेकोमा होइन, ‘समयमै सामान पुर्‍याउने’ समस्यालाई उसले विश्वव्यापी व्यवसायिक पूर्वाधारमा बदल्न सकेकोमा छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action