udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दशैंका लागि अग्रिम टिकट बुकिङ निरन्तर

दशैंका लागि अग्रिम टिकट बुकिङ निरन्तर
A A+ A-

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्था निरन्तरता दिने भएको छ। यातायात व्यवस्था विभागले चाडपर्वका बेला यात्रुको सहजता र सवारी सुरक्षा व्यवस्थापनलाई लक्षित गर्दै अग्रिम टिकट, यात्रु विवरणसहितको चलानी, अनलाइन बुकिङ, चालक परीक्षण र यातायात अनुगमनलाई प्राथमिकतामा राखेको हो।

विभागले सरोकारवाला निकायलाई पठाएको १५ बुँदे निर्णयमा अग्रिम टिकट बुकिङको व्यवस्था गर्न निर्देशन दिइए पनि बुकिङ कहिलेदेखि खुल्ने भन्ने मिति भने अझै तय गरिएको छैन। रुट परमिट खुला गर्ने, अग्रिम टिकट बुकिङ सुरु गर्ने तथा ठूला सवारीसाधनको आवतजावत व्यवस्थापनबारे थप छलफलपछि मिति र समयावधि तोकेर सूचना जारी गरिने विभागले जनाएको छ।

व्यवसायीले टिकट बिक्रीका लागि यथासम्भव अनलाइन बुकिङको व्यवस्था गर्नुपर्नेछ। यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्रै सार्वजनिक सवारी सञ्चालन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

यातायात व्यवसायी, कम्पनी तथा संस्थाले टिकट बिक्रीमा खटिने कर्मचारीलाई अनिवार्य परिचयपत्र उपलब्ध गराउनुपर्नेछ। अनधिकृत काउन्टर तथा परिचयपत्र वा पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्य नियन्त्रण गर्न विभागले निर्देशन दिएको छ। यात्रुले पनि आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट टिकट लिएर मात्रै यात्रा गर्नुपर्नेछ।

चाडपर्वका बेला काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारीको चाप बढ्ने भएकाले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सम्बन्धित निकायबीच समन्वय गरेर अनुगमन गरिने भएको छ।

यात्रुको चापअनुसार अतिरिक्त सवारीसाधनको व्यवस्था गर्न यातायात व्यवसायीलाई निर्देशन दिइएको छ। मुख्य सडक तथा राजमार्गको नियमित निरीक्षण गरी आवश्यक मर्मतसम्भार गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

पहिरो नियन्त्रण, सडक जाम न्यूनीकरण तथा सडकको अवस्थाबारे यात्रुलाई नियमित सूचना उपलब्ध गराउन सडक विभागसँग समन्वय गरिने विभागले जनाएको छ।

चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणका लागि चालकको मादक पदार्थ तथा लागुपदार्थ सेवन परीक्षणलाई पनि प्राथमिकतामा राखिएको छ। काठमाडौं उपत्यकाका प्रमुख प्रवेश तथा बहिर्गमन बिन्दुसहित देशभर चालकको मापसे तथा लापसे परीक्षण गरिनेछ।

कुनै चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको पाइए सम्बन्धित यातायात व्यवसायीले तत्काल अर्को चालकको व्यवस्था गर्नुपर्नेछ। लामो दूरीका यात्रुवाहक सवारी गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सवारीसाधनको यान्त्रिक अवस्था अनिवार्य रूपमा परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ।

लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीमा कम्तीमा दुई जना चालक राख्नुपर्नेछ। उनीहरूले आलोपालो गरी सवारी चलाउने व्यवस्था मिलाउनुपर्ने र त्यसको सम्बन्धित निकायले अनुगमन गर्ने विभागले जनाएको छ।

विभागले १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई चालक वा अन्य काममा नलगाउन पनि यातायात व्यवसायीलाई निर्देशन दिएको छ।

चाडपर्व नजिकिँदै जाँदा सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने र त्यससँगै दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले टिकट बिक्रीदेखि चालकको परीक्षण, सवारीको यान्त्रिक जाँच र सडक अनुगमनसम्मका व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिइएको विभागले जनाएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action