काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ११.७७ अंकले बढेर २६२९.८१ बिन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से ३६.२५ अंकले घटेर २६१८.०३ बिन्दुमा झरेको थियो।
बिहीबार कारोबार रकम भने घटेको छ। यस दिन कुल ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार ६ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार कारोबारमा आएका कम्पनीमध्ये १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ। ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
