काठमाडौं । नेपालीहरुको महान चाड दसैं, तिहार र छठलाई लक्षित गर्दै नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘फेस्टिभ अफर होण्डाको सफर’ सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत होण्डाको नयाँ कार खरिद गर्दा ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ । साथै, एक आर्थिक वर्षको सडक कर र पूर्ण बीमा निःशुल्क उपलब्ध गराइनेछ ।
नयाँ कार खरिद गर्ने ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षसम्म निःशुल्क सडक सहायता पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
पुरानो गाडी साटेर नयाँ होण्डा कार खरिद गर्न चाहने ग्राहकका लागि अन द स्पट एक्सचेन्ज सुविधा र एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ ।
त्यसैगरी, स्याकार हायर पर्चेज र एनआईसी एसिया बैंकसँगको सहकार्यमा सहज फाइनान्सिङ सुविधा तथा कम ब्याजदरको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अफर इन्द्रजात्राको दिनदेखि सुरु भई छठ पूजा अर्थात् नोभेम्बर १६, २०२६ सम्म देशभरका होण्डा कार शोरुममा लागू हुनेछ । अफरमा नियम तथा सर्त लागू हुनेछन् ।
अफरअन्तर्गत होण्डा सिआर–भी, इलिभेट, सिटी र सिटी इ–एचइभी लगायतका कार खरिद गर्न सकिने कम्पनीले जनाएको छ । थप जानकारीका लागि ग्राहकले नजिकैको होण्डा कार शोरुममा सम्पर्क गर्न सक्नेछन्।
