udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

स्याक्म्यानका दुई विद्युतीय ट्रक नेपाल आउँदै

स्याक्म्यानका दुई विद्युतीय ट्रक नेपाल आउँदै
A A+ A-

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५००० ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५००० ई ६×४ विद्युतीय डम्प ट्रक नेपाली बजारमा ल्याउने भएको छ ।

भारी तथा व्यावसायिक सवारीसाधनमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित कम्पनीले यी दुई मोडल नेपाल भित्र्याउन लागेको जनाएको छ । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग यात्रुवाहक तथा हलुका व्यावसायिक सवारीसाधनमा विस्तार भइरहेका बेला भारी सवारीसाधनतर्फ पनि नयाँ विकल्प थपिन लागेको हो ।

एक्स–५००० ई ६×४ विद्युतीय ट्र्याक्टर भारी सामान ढुवानी तथा व्यावसायिक यातायातका लागि लक्षित गरिएको छ । यसलाई लामो दूरी तथा उच्च भार क्षमतामा सञ्चालन हुने व्यावसायिक ढुवानीका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, एक्स–५००० ई ६×४ विद्युतीय डम्प ट्रक निर्माण, खानी तथा कठिन भौगोलिक क्षेत्रमा हुने भारी कामका लागि लक्षित गरिएको छ । निर्माण सामग्री तथा अन्य भारी वस्तु ओसारपसारमा प्रयोग हुने गरी डम्प ट्रकको विकास गरिएको कम्पनीको भनाइ छ ।

दुवै मोडलमा स्याक्म्यानको विद्युतीय शक्ति प्रणाली, छिटो चार्ज गर्न सकिने सुविधा तथा स्मार्ट नियन्त्रण र ब्याट्री व्यवस्थापन प्रणाली रहेको जनाइएको छ । विद्युतीय शक्ति प्रणालीले सवारीसाधनको सञ्चालनमा सहयोग पुर्‍याउने तथा ब्याट्री व्यवस्थापन प्रणालीले व्यावसायिक प्रयोगका क्रममा ऊर्जा उपयोगलाई व्यवस्थित गर्न सहयोग गर्ने कम्पनीको दाबी छ ।

जगदम्बा मोटर्सका अनुसार यी दुई मोडल नेपालमा आएपछि भारी विद्युतीय व्यावसायिक सवारीसाधनको विकल्प थपिनेछ । ढुवानी, निर्माण, खानी तथा अन्य औद्योगिक क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्न नयाँ मोडलले सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।

नेपालमा विद्युतीय सवारीसाधनको बजार पछिल्लो समय यात्रुवाहक कार तथा हलुका व्यावसायिक सवारीसाधनमा केन्द्रित हुँदै आएको छ । भारी सवारीसाधनतर्फ विद्युतीय प्रविधिको प्रयोग विस्तार हुन थालेसँगै ट्रक, ट्र्याक्टर र निर्माण क्षेत्रमा प्रयोग हुने सवारीसाधनमा पनि नयाँ प्रविधिका विकल्प थपिन थालेका छन् ।

स्याक्म्यानका एक्स–५००० ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५००० ई ६×४ विद्युतीय डम्प ट्रकको सार्वजनिक, बजारमा उपलब्धता तथा मूल्यसम्बन्धी थप विवरण आगामी दिनमा सार्वजनिक गरिने जगदम्बा मोटर्सले जनाएको छ ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action