udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाख्रापालनबाट वार्षिक १२ लाख आम्दानी गर्दै राजनकुमार आचार्य

बाख्रापालनबाट वार्षिक १२ लाख आम्दानी गर्दै राजनकुमार आचार्य
A A+ A-

नवलपरासी। नवलपरासी (पश्चिम) सुनवलका राजनकुमार आचार्यले व्यावसायिक बाख्रापालनबाट वार्षिक १० देखि १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

दुई दशकभन्दा बढी समय गैरसरकारी संस्थामा काम गरेका आचार्यले अहिले सुनवल नगरपालिका-४ रमापुरमा सतौं चण्डी पशुपंक्षी फर्म सञ्चालन गरिरहेका छन्।

आचार्यले भारतको राजस्थानबाट उन्नत जातको सिरोही बाख्रा ल्याएर नश्ल सुधारका लागि बीउ बोका उत्पादन गर्ने उद्देश्यले यो व्यवसाय सुरु गरेका हुन्। १० वटा पाठापाठीबाट सुरु भएको उनको फर्ममा अहिले बोकाहरूको संख्या बढी छ। सिरोही जातका बोकाको तौल ५० देखि ५५ केजीसम्म पुग्ने र दैनिक औसत २०० ग्रामका दरले तौल वृद्धि हुने उनले बताए।

उनको फर्मबाट उत्पादित बोकाहरू नश्ल सुधारका लागि देशका दर्जनभन्दा बढी जिल्लामा बिक्री हुने गरेका छन्। बाख्रालाई आवश्यक पर्ने घाँसका लागि उनले २८ कठ्ठा जग्गामा उन्नत जातको घाँस खेती पनि गरेका छन्। राजनीतिमा समेत सक्रिय आचार्यले युवाहरूलाई विदेशिनुको साटो स्वदेशमै बाख्रापालनबाट मासिक १ लाख रुपैयाँसम्म कमाउन सकिने बताउँछन्।

व्यवसायमा देखिएका चुनौतीबारे बोल्दै उनले भित्री परजीवीको व्यवस्थापन मुख्य समस्या रहेको उल्लेख गरे। उनले भने, ‘भित्री परजीवीहरूको व्यवस्थापन गर्न नसक्दा ३० प्रतिशतभन्दा बढी क्षति भइरहेको हुन्छ।’ उनले स्थानीय तहका पशु विकास शाखाबाट प्रभावकारी सेवा नपाएको गुनासो गर्दै किसानलाई उत्पादनमा आधारित अनुदान दिनुपर्नेमा जोड दिए।

त्यस्तै, बाख्रा ओसारपसारमा प्रहरीबाट हुने झन्झट र भारतबाट आउने मासुजन्य खसीबोकाको आयात नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ। उनले अहिलेसम्म कुनै पनि सरकारी अनुदान नलिएको बताउँदै आफ्नो फर्मलाई स्रोत केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखेका छन्। बाख्राका अतिरिक्त उनले स्थानीय कुखुरा पालन पनि गर्दै आएका छन्।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action