काठमाडौं। लमजुङको बेँसीसहर: चामे सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज बिहान बेँसीसहर नगरपालिका-६ स्थित खरखरे भिरमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडक भासिएको छ।
निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने र भासिएको सडक मर्मत गर्ने कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ
