चितवन। नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा आज बिहान त्रिशूली नदीको कटानका कारण सडकको एक भाग भासिएर सडक अवरुद्ध बनेको छ।
सडक डिभिजन भरतपुरका अनुसार त्रिशूली नदीको तीव्र बहावले सडकको लगभग आधा भाग काटेर बगाएको छ। जसका कारण सो स्थानमा सडक एकतर्फी रुपमा अवरुद्ध भएको हो।
डिभिजनले सूचना जारी गरि सडक भासिएको खबर प्राप्त हुनासाथ डिभिजनको टोली घटनास्थलतर्फ पठाइएको छ र सडक मर्मतको कार्य सुरु भइसकेको जनाएको छ।
सडक पूर्ण रुपमा सुचारु हुन केही समय लाग्न सक्ने अनुमान गरिएको छ।
