चितवन। चितवनको इच्छाकामना गाउँपालिका-४ मा रहेको मनकामना केबलकारको प्रवेशद्वार भित्रको सडक भासिएको छ।
निरन्तरको वर्षा र त्रिशूली नदीको बहावले क्षति पुर्याएपछि केबलकार सेवा हालका लागि बन्द गरिएको छ।
आइतबार गोरखाको सहिद लखन गाउँपालिका-३ को सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गर्दा सो क्षेत्रमा समस्या देखिएको हो।
नदीले धार परिवर्तन गरी पुलमा प्रहार गर्दा मुख्य राजमार्गमा समेत चिरा परेको छ भने केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको छ।
इच्छाकामना गाउँपालिका-४ का वडाध्यक्ष रुद्र उप्रेतीका अनुसार नदीको बहावका कारण पुल र आसपासको क्षेत्रमा निरन्तर प्रहार भइरहेकाले थप जोखिम बढेको छ। सडक भासिएपछि सुरक्षाका कारण केबलकार सेवा तत्कालका लागि बन्द गरिएको छ।
