काठमाडौं। धादिङस्थित सुरुङमार्गबाट निस्कने स्थानमा पहिरो खसेपछि आइतबार त्रिभुवन राजपथ अवरुद्ध भएको छ।
पहिरोका कारण काठमाडौं आउने र जाने दुवैतर्फको सडक पूर्ण रूपमा बन्द भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीले जानकारी दिए।
बुधबारदेखि जारी अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ। सडक अवरुद्ध हुँदा आवतजावत गर्ने यात्रुहरू अलपत्र परेका छन्।
