udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढी क्षेत्रमा विद्युत् पुनःस्थापना तीव्र

बाढी क्षेत्रमा विद्युत् पुनःस्थापना तीव्र
A A+ A-

काठमाडौं । अविरल वर्षा, बाढीपहिरो, हावाहुरी तथा चट्याङका कारण विद्युत् प्रसारण र वितरण संरचनामा हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै नेपाल विद्युत् प्राधिकरणले उच्च सतर्कता अपनाएको छ।

प्राधिकरणले देशभरको विद्युत् आपूर्तिको अवस्था, प्रसारण तथा वितरण संरचनामा पुगेको क्षति र प्रभावित क्षेत्रको अवस्थाबारे निरन्तर अनुगमन तथा जानकारी सङ्कलन गरिरहेको जनाएको छ। अवरुद्ध विद्युत् सेवा यथाशीघ्र पुनःस्थापना गर्न आवश्यक जनशक्ति, उपकरण तथा प्राविधिक सामग्री तयारी अवस्थामा राखेर परिचालनसमेत सुरु गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आइतबार वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, ग्रिड सञ्चालन विभागका प्रमुख, सातै प्रदेशका प्रादेशिक कार्यालय प्रमुख तथा दुईवटा डिभिजन कार्यालयका प्रमुखसँग जुममार्फत छलफल गरेका छन्। छलफलमा विभिन्न प्रदेश तथा क्षेत्रमा भइरहेको वर्षा, बाढीपहिरोबाट विद्युत् संरचनामा परेको प्रभाव, विद्युत् आपूर्तिको वर्तमान अवस्था र सम्भावित जोखिमबारे जानकारी लिइएको थियो।

प्रभावित क्षेत्रमा विद्युत् सेवा तत्काल पुनःस्थापना गर्न आवश्यक जनशक्ति, उपकरण तथा सामग्री तयारी अवस्थामा राखेर परिचालन गर्न कार्यकारी निर्देशक श्रेष्ठले सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक लाइन तथा फिडरमार्फत आपूर्ति सुचारु गर्नसमेत निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

क्षतिग्रस्त विद्युत् संरचनाको अवस्था मूल्याङ्कन गरी सुरक्षित रूपमा मर्मत तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन सम्बन्धित कार्यालयलाई भनिएको छ। प्रभावित क्षेत्रको अवस्था निरन्तर अनुगमन गर्दै आवश्यकताअनुसार थप जनशक्ति, उपकरण तथा प्राविधिक सामग्री परिचालन गर्ने व्यवस्था मिलाइएको छ।

प्राकृतिक विपद्का कारण विद्युत् संरचनामा क्षति पुगेका कारण सेवा अवरुद्ध भएको अवस्थामा वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने र अवरुद्ध सेवा छिटो पुनःस्थापना गर्ने गरी प्राधिकरणका सम्बन्धित कार्यालय तथा प्राविधिक टोली परिचालन गरिएको छ।

प्राधिकरणले विद्युत् पुनःस्थापनाका क्रममा कर्मचारी तथा प्राविधिक जनशक्तिको सुरक्षालाई प्राथमिकतामा राख्न पनि सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ। बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का कारण जोखिमयुक्त क्षेत्रमा विद्युत् संरचना मर्मत गर्दा सुरक्षाको पूर्ण सुनिश्चितता गरेर मात्र काम अघि बढाउन भनिएको छ।

प्राधिकरणले केन्द्रीय तहबाट विद्युत् आपूर्ति प्रणालीको अवस्था निरन्तर अनुगमन तथा समन्वय गरिरहेको जनाएको छ। उपभोक्तालाई सम्भव भएसम्म नियमित विद्युत् सेवा उपलब्ध गराउने र अवरुद्ध भएका क्षेत्रमा सेवा छिटो पुनःस्थापना गर्ने गरी आवश्यक सबै उपाय अपनाइएको प्राधिकरणको भनाइ छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action