Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

अपर हेवाखोलालाई शतप्रतिशत हकप्रद

अपर हेवाखोलालाई शतप्रतिशत हकप्रद
A A+ A-

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ।

कम्पनीको १४औँ वार्षिक साधारण सभाबाट पारित निर्णयअनुसार हकप्रद सेयर निष्कासनका लागि आयोगले सर्तसहित पूर्वस्वीकृति दिएको हो। आयोगको भदौ ८ गते बसेको बैठकले कम्पनीको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो।

कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि कायम भएको ५७ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ। यसअनुसार कम्पनीले ५७ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ।

हकप्रद सेयर बिक्रीबाट कम्पनीले कुल ५७ करोड ५० लाख रुपैयाँ पूँजी जुटाउनेछ। आयोगबाट प्राप्त स्वीकृतिअनुसार उक्त रकममध्ये ५१ करोड रुपैयाँ मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालिमा लगानी गरिनेछ।

मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको सिसुवाखोला जलविद्युत् आयोजनामा उक्त रकम प्रयोग गरिनेछ। सिसुवाखोला जलविद्युत् आयोजनामा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको ६० दशमलव ९ प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ।

बाँकी ६ करोड ५० लाख रुपैयाँ भने कम्पनीले सञ्चालन गरिरहेको ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत् आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको आवधिक ऋण भुक्तानीमा प्रयोग गरिनेछ।

कम्पनीले हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकमलाई नयाँ जलविद्युत् आयोजनामा लगानी विस्तार र विद्यमान आयोजनाको ऋण दायित्व व्यवस्थापनमा प्रयोग गर्ने योजना बनाएको छ।

विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएसँगै अब कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति लिनुपर्नेछ। धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएपछि कम्पनीले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाउने जनाएको छ।

हकप्रद निष्कासन पूरा भएपछि कम्पनीको चुक्ता पुँजी थप विस्तार हुनेछ भने सिसुवाखोला जलविद्युत् आयोजनामा थप लगानी गर्ने स्रोतसमेत जुट्नेछ। आयोगले पूर्वस्वीकृति दिँदा तोकेका सर्त तथा नियामकीय प्रावधान पालना गरेर मात्र निष्कासन प्रक्रिया अघि बढाउनुपर्नेछ।

2