udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मुख्य सडक बन्द, त्रिभुवन राजपथ विकल्प

मुख्य सडक बन्द, त्रिभुवन राजपथ विकल्प
A A+ A-

हेटौंडा । अविरल वर्षाका कारण काठमाडौं जोड्ने मुख्य सडक अवरुद्ध भएपछि त्रिभुवन राजपथ फेरि राजधानी आवतजावतको प्रमुख वैकल्पिक मार्ग बनेको छ ।

पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीको चाप बढेको छ । चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि सवारी सञ्चालनका लागि नयाँ समयतालिका लागू गरेको छ ।

तालिकाअनुसार हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा आउने सवारीलाई छुट्टाछुट्टै समयमा सञ्चालन गरिनेछ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार साँघुरो सडकमा एकैपटक धेरै सवारी प्रवेश गर्दा जाम र दुर्घटनाको जोखिम बढ्ने भएकाले समय निर्धारण गरिएको हो ।

प्रशासनले इन्धन र खाना पकाउने एलपी ग्यास बोकेका सवारीबाहेक १० चक्केभन्दा ठूला तथा १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई अर्को व्यवस्था नभएसम्म त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाएको छ । यात्रुवाहक सवारीमा भने ११ मिटर लम्बाइसम्मका सवारीलाई मात्र सञ्चालन गर्न दिइएको छ ।

कुलेखानी जलाशयको पानीको सतह बढेपछि प्रशासनले आइतबार साँझदेखि देउराली–सिस्नेरी सडकखण्डमा पनि सवारी आवागमन बन्द गरेको छ । हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको यो मार्ग बन्द भएपछि त्रिभुवन राजपथमा सवारीको चाप थप बढेको प्रशासनले जनाएको छ ।

यसअघि पनि काठमाडौं जोड्ने सडक प्रभावित हुँदा त्रिभुवन राजपथ वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग प्रभावित हुँदा पनि यही सडक लामो समय वैकल्पिक मार्ग बनेको थियो ।

काठमाडौंलाई तराईसँग जोड्ने पुराना सडक मार्गमध्ये पर्ने त्रिभुवन राजपथ भारतको सहयोगमा सन् १९५० को दशकमा निर्माण गरिएको हो । साँघुरा घुम्ती, पुरानो सडक संरचना र जोखिमयुक्त भूभागका कारण सामान्य अवस्थामा यसको प्रयोग कम हुने गरे पनि मुख्य सडक अवरुद्ध हुँदा यही मार्ग राजधानीको भरपर्दो वैकल्पिक सडक सम्पर्क बन्दै आएको छ ।

प्रजिअ अधिकारीले सडकको अवस्था बुझेर प्रशासनले जारी गरेको समयतालिकाअनुसार मात्र यात्रा गर्न चालक, व्यवसायी र यात्रुलाई आग्रह गरेका छन् । अत्यावश्यक यात्रामा त्रिभुवन राजपथ प्रयोग गर्दा तोकिएको समय र सवारीसम्बन्धी मापदण्ड पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action