Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

एआईआईबीका अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट

एआईआईबीका अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट
A A+ A-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा हालै भएको विपत्तिपछिको राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि एसियाली पूर्वाधार लगानी बैंकसँग सहयोग मागेका छन् ।

कतारको दोहामा बैंककी अध्यक्ष जोउ जियायीबीच भएको भेटवार्तामा मन्त्री वाग्लेले विपत्तिबाट प्रभावित क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका हुन् ।

भेटका क्रममा अध्यक्ष जोउले नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई सहयोग गर्न बैंक तयार रहेको बताएकी थिइन् । मन्त्री वाग्लेले नेपाललाई निरन्तर सहयोग गर्दै आएकोमा बैंकप्रति धन्यवाद व्यक्त गरेका थिए ।

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक सञ्चालक समितिको बैठकमा सहभागी हुन मन्त्री वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आइतबार राति दोहा पुगेको हो । बैठक असोज १२ र १३ गते दोहामा ‘भोलिको पूर्वाधार, प्रभाव र नवीनता’ भन्ने मूल नाराका साथ आयोजना हुँदै छ ।

भेटपछि मन्त्री वाग्ले बैंककी अध्यक्ष जोउले विभिन्न मुलुकका प्रतिनिधिमण्डल प्रमुखको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए ।

नेपाली प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख तथा सहसचिव अमृत लाम्साल, सहसचिव उपेन्द्र पाण्डे र कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई सहभागी छन् । दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका मन्त्री वाग्ले र नेपाली प्रतिनिधिमण्डललाई कार्यवाहक राजदूत राईसहित दूतावासका अधिकारीले स्वागत गरेका थिए ।

2