काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोलामा ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा एक सय १५ रुपैयाँले घटेर ४ हजार ३ सय ९५ रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको थियो।
