काठमाडौं । सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सीजी डिजिटलले दसैं तथा तिहारलाई लक्षित गर्दै ‘घरको खुसी, दसैं तथा तिहारको उमंग’ योजना सार्वजनिक गरेको छ ।
देशभर रहेका २८ वटा सीजी डिजिटल तथा एलजी ब्रान्ड शपमार्फत सञ्चालन हुने योजनामा ग्राहकले घरायसी विद्युतीय तथा इलेक्ट्रोनिक सामान खरिदमा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ । साथै निश्चित उत्पादनमा उपहार र भाग्यशाली चिठ्ठामार्फत विभिन्न पुरस्कार जित्ने अवसर पनि दिइएको छ ।
योजनाअन्तर्गत भाग्यशाली चिठ्ठाबाट ६ जना विजेता छनोट गरिनेछ । विजेताले स्मार्टफोनलगायत विभिन्न उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
सीजी डिजिटलका शोरुममा एलजी, सीजी, टीसीएल, गोदरेज, माइडिया, क्रम्प्टन, बेको, सेन्सेई, केन्ट, इलिका, सीजी मेरिडिया, ब्ल्याक प्लस डेकर र बर्लीलगायत ब्रान्डका उत्पादन उपलब्ध छन् । नथिङ, मोटोरोला र एआई प्लसका मोबाइलसमेत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
योजनामा ८ र ९ किलोग्राम क्षमताका वासिङ मेसिन खरिद गर्दा ६ किलोग्राम सर्फ एक्सेल र १० किलोग्रामसम्मको वासिङ मेसिन कभर निःशुल्क दिइनेछ । डिशवासर खरिदमा दुईवटा वासिङ ट्याब्लेट तथा ४३ देखि ६५ इन्चसम्मका एलईडी टेलिभिजन खरिदमा भित्तामा जडान गर्ने ब्राकेट निःशुल्क उपलब्ध गराइनेछ ।
एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा पनि दिइने कम्पनीले जनाएको छ । ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी, पुरानो सामान साटेर नयाँ खरिद गर्ने सुविधा, निःशुल्क ढुवानी, योग्य उत्पादनमा सटही बोनस, रोकथाममूलक मर्मतसम्भार सेवा र नियमित ग्राहक पुरस्कारलगायत सुविधा पाउनेछन् ।
योजनामा टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, डिशवासर, माइक्रोवेभ, एयर फ्रायर, भ्याकुम क्लिनर तथा विभिन्न भान्साजन्य विद्युतीय उपकरण समावेश गरिएको छ ।
सीजी डिजिटलले एउटै छानामुनि विभिन्न ब्रान्डका उत्पादन तुलना गरी ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार सामान छनोट गर्न सक्ने सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।
योजनाका छुट तथा उपहार निश्चित उत्पादन र अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । विस्तृत नियम तथा सर्तबारे नजिकको सीजी डिजिटल शोरुमबाट जानकारी लिन सकिनेछ ।
