Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

बिराट एग्रीले आईपीओ ल्याउने

बिराट एग्रीले आईपीओ ल्याउने
A A+ A-

काठमाडौं । बिराट एग्रीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

इटहरी–१३, सुनसरीमा कारोबार कार्यालय रहेको कम्पनीले सार्वजनिक सेयर निष्कासनका लागि आवश्यक संस्थागत परामर्श तथा अन्य सेवा लिन एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ ।

बिराट एग्रीले मोरङ र सुनसरीमा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको जनाएको छ । कम्पनीले आफूलाई देशका ठूला तथा व्यवस्थित व्यावसायिक मत्स्य फार्ममध्ये एकका रूपमा अघि बढाइरहेको बताएको छ ।

कम्पनीले इटहरी–१३ स्थित खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमता भएको फिस फिड प्लान्ट सञ्चालन गर्दै आएको छ । उक्त प्लान्टबाट तैरिने तथा डुब्ने प्रकारका माछाका दाना उत्पादन गरी आफ्ना परियोजना तथा बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीले आईपीओबाट प्राप्त पूँजी उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि र व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्ने योजना बनाएको छ ।

कम्पनीले आधुनिक प्रविधिमा आधारित पाङ्गास फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट स्थापना गर्ने लक्ष्य लिएको छ । उक्त प्लान्टबाट पाङ्गास माछाको फिलेट तथा अन्य मूल्य अभिवृद्धि भएका माछाजन्य उत्पादनको प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्ने योजना छ ।

यस्तै, हाल सञ्चालनमा रहेको फ्लोएटिङ फिस फिड प्लान्टसँगै दैनिक १० टन उत्पादन क्षमता भएको आधुनिक पेलेट फिड प्लान्ट स्थापना गर्ने कम्पनीको योजना छ । उक्त प्लान्टबाट माछा तथा पशुपन्छीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गरिनेछ ।

कम्पनीले कृषि तथा मत्स्यपालन क्षेत्रको उत्पादनदेखि प्रशोधन, प्याकेजिङ र बजारीकरणसम्मको मूल्य शृङ्खलालाई एकीकृत गर्ने दीर्घकालीन योजना अघि सारेको जनाएको छ ।

2