Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

आधुनिकताले लोप हुँदै कुचबधियाको परम्परागत पेसा

आधुनिकताले लोप हुँदै कुचबधियाको परम्परागत पेसा
A A+ A-

बाँके। आधुनिक प्रविधिको विकाससँगै लोपोन्मुख कुचबधिया समुदायको परम्परागत पेसा सङ्कटमा पर्दै गएको छ ।

बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुर निवासी अर्जुन कुचबधियाले सहर बजारदेखि गाउँघरसम्म मिक्सर मेसिन प्रयोग हुन थालेपछि जाँतो र सिलौटो बनाएर बिक्री गर्ने आफ्नो पुर्ख्यौली पेसा सङ्कटमा पर्दै गएको बताए ।

“हाम्रो पुर्ख्यौली पेसा सिलौटा, जाँतो र सनडोरीको व्यापार हो तर अहिले बिक्री नै हुँदैन”, उनले भने, “अहिले घर–घरमा मिक्सर चलाउने भएकाले सिलौटा र जाँतो कसैले पनि किन्दैनन् ।”

सिलौटा र जाँतो बनाउने ढुङ्गा लगायतका कच्चापदार्थ भारतबाट किन्नुपर्ने बाध्यता रहेको छ । भारतबाट कच्चापदार्थ आयात गर्दा भन्सार नाकामा समस्या हुने गरेको उनले बताए । कच्चापदार्थको अभाव तथा तयार भएका मालसामान सजिलै बिक्री हुन छोडेपछि युवापुस्ता अन्य कामको खोजीमा सहर पस्ने गरेको उनले बताए ।

कुचबधिया बस्तीकी मीना कुचबधियाले भन्नुभयो, “हिजोआज सिलौटा र जाँतो बिक्री हुँदैन, सबैले मसला पिस्ने मिक्सचर छ भन्छन्, रित्तो हात फर्कनुपर्छ ।”

कुचबधिया समुदायका पुरुष सिलौटा, जाँतो बनाएर बिक्री गर्छन् । महिला भने घरघरमा पुरानो सिलौटा, जाँतो खोप्न जाने गर्दछन् । दिनभरि डुलेर एक दुई ठाउँमा पुरानो सिलौटा खोप्ने काम गरेबापत पाउने चामल र दालबाट छाक टार्न मुस्किल भएको उनको भनाइ छ ।

जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित कुचबधिया बस्तीका अगुवा पटवारी कुचबधिया दिनभरि सिलौटा, जाँतो र डोरी बेचेर आएको आम्दानीबाट साँझ बिहानको छाक टार्नै मुस्किल हुने भएपछि अहिले नयाँ पुस्ताले पुर्ख्यौली पेसा छोडेर मजदुरी गर्न थालेको बताए ।

“जाँतोको ठाउँमा मिल आयो, सिलौटाको साटो मिक्सचर उपलब्ध भयो । सनपाटका डोरी छोडेर प्लास्टिकको डोरी लिन थाले, हाम्रो मेहनत कसैले बुझ्दैनन्”, पटवारीले भने, “अब हाम्रो पेसा बन्द हुँदै गएको छ ।”

उनका अनुसार सिलौटा र जाँतो बनाउने ढुङ्गा नेपालमा नपाइने भएकाले भारतको बहराइचबाट किनेर ल्याउनुपर्छ । ढुङ्गालाई काँटछाँट गरेर मेहनतका साथ कलात्मक बनाएर बिक्रीका लागि गाउँ–गाउँ पुगे पनि बिक्री हुँदैन । एउटा सिलौटा बनाउने ढुङ्गाको भारु १५० पर्छ । बनाइसकेपछि रु चार/पाँच सयमा बिक्री गर्न पनि समस्या भएको अगुवा पट्वारीले बताए ।

पुर्ख्यौली पेसा सङ्कटमा पर्दै गएपछि अहिले उनीहरू सामाजिक सुरक्षा भत्ताबाट जीविकोपार्जन गर्दै आएका छन् । जनजाति भित्रको लोपोउन्मुख जाति मानिने कुचबधिया/पथरकट्टा समुदायका प्रत्येक सदस्यले सरकारबाट प्रतिमहिना रु चार हजार सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । इन्द्रपुरस्थित कुचबधियाबस्तीका २७५ जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएको जानकी गाउँपालिका–३ का सचिव लालबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार, बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुर, नेपालगन्ज उपमहानगरपालिका–६ फुल्टेक्रा र नेपालगन्ज–२० गायत्रीनगरमा कुचबधिया समुदाय बस्दै आएका छन् । विसं २०७८ को जनगणनाअनुसार कुचबधिया/पत्थरकट्टा समुदायको जनसङ्ख्या तीन हजार ३४३ रहेको छ ।

2