काठमाडौं । हिमालयन बुलियन कम्पनीले आफ्ना ग्राहकका लागि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने भएको छ ।
यसका लागि हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । सम्झौताअनुसार हिमालयन बुलियनको सदस्यता कार्यक्रममा आबद्ध ग्राहकले सदस्यताको स्तरअनुसार दुर्घटना बीमा सुविधा पाउनेछन् ।
सिल्भर सदस्यले १ लाख रुपैयाँसम्म, गोल्ड सदस्यले ५ लाख रुपैयाँसम्म र डायमन्ड सदस्यले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आगामी दसैंको घटस्थापनादेखि ग्राहकले यस्तो बीमा सुविधा प्राप्त गर्नेछन् ।
ग्राहकको सुरक्षा र जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग सहकार्य गरिएको हिमालयन बुलियनले जनाएको छ ।
कम्पनीले आगामी दिनमा ग्राहकका लागि थप सुविधा तथा सेवा विस्तार गर्दै लैजाने जनाएको छ ।
