Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

२१ हजारको ल्युब आयल किन्दा १० लाख

२१ हजारको ल्युब आयल किन्दा १० लाख
A A+ A-

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म सहभागीमध्ये पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा लिएको बिल उपहारका लागि छनोट भएको हो।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरिएको हो। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा सांसदद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा विजेता घोषणा गरेका हुन्।

बम्पर पुरस्कार विजेता साह कानुलाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले तत्कालै फोन गरेर बधाई दिएका थिए। उनले पुरस्कार प्राप्त गर्न नजिकको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद कारोबारबाट बिल लिएका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए।

त्यसमध्ये नगद कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ कारोबार थिए। अनलाइन तथा कार्डबाट भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ कारोबार उपहारका लागि सहभागी भएका थिए।

कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक एक लाख रुपैयाँका दरले उपहार प्रदान गरिएको विभागले जनाएको छ। दैनिक उपहारका विजेताको कुपनसमेत सार्वजनिक गरिएको छ।

करदातालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

2