Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

धौलीगङ्गा बाँधका ढोका फेरि खुल्ने

धौलीगङ्गा बाँधका ढोका फेरि खुल्ने
A A+ A-

बैतडी। भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि फेरि खोलिने भएका छन्। बाँधमा जम्मा भएको सिल्ट सफा गर्न भारतीय पक्षले असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म बाँधका ढोका खुला राख्ने जानकारी नेपाली पक्षलाई गराएको हो।

एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन भारतबाट प्राप्त पत्रअनुसार बाँधका ढोका खोलिने जानकारी प्राप्त भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन्।

बाँधका ढोका खोलिएको समयमा महाकाली नदीको बहाव र जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदीको किनारमा नजान तथा नदीमा आधारित गतिविधि नगर्न प्रशासनले अनुरोध गरेको हो।

धौलीगङ्गा जलविद्युत् परियोजना भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढमा रहेको छ। परियोजनाको विद्युत् उत्पादन क्षमता २८० मेगावाट छ। परियोजनाको बाँधबाट पानी छाडिँदा यसको प्रभाव नेपालतर्फ पनि पर्न सक्ने भएकाले भारतीय पक्षले बाँध खोल्नुअघि नेपाली प्रशासनलाई जानकारी गराउने गरेको छ।

धौलीगङ्गा बाँधबाट पानीको बहाव बढेमा दार्चुलाबाट बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै भारततर्फ बग्ने महाकाली नदीको जलस्तरसमेत बढ्न सक्छ। त्यसैले नदीको तटीय क्षेत्रमा रहेका बस्ती तथा सर्वसाधारणलाई विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार भारतीय पक्षबाट प्राप्त पूर्वसूचनाका आधारमा नेपालतर्फ आवश्यक सतर्कता अपनाउने गरिएको छ। स्थानीय प्रशासनले नदीको अवस्था निगरानीमा राख्ने र सम्भावित जोखिमबाट जोगिन सर्वसाधारणलाई सचेत गराउने जनाएको छ।

यसअघि पनि धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको थियो। गत साउन १३ गते बाँधका ढोका खोल्दा पनि नेपाली पक्षलाई पूर्वसूचना दिइएको थियो। अहिले फेरि सिल्ट सफाइका लागि बाँध खोल्न लागिएको हो।

बाँधका ढोका खुला रहने ४८ घण्टाको अवधिमा महाकाली नदीको बहाव सामान्य अवस्थाभन्दा बढ्न सक्ने भएकाले नदी किनारमा रहेका नागरिकले प्रशासनको सूचना र निर्देशन पालना गर्न आग्रह गरिएको छ।

2