Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

बुक बिल्डिङबाट पीएलओको आईपीओ आउँदै

बुक बिल्डिङबाट पीएलओको आईपीओ आउँदै
A A+ A-

काठमाडौं । नेपाली लुब्रिकेन्ट बजारमा स्थापित पीएलओ ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी तीव्र पारेको छ। कम्पनीले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको हो।

आईपीओबाट पुँजी जुटाएर व्यवसाय विस्तार तथा उत्पादन क्षमता वृद्धि गर्ने कम्पनीको योजना छ। लामो समयदेखि नेपाली बजारमा लुब्रिकेन्ट उत्पादन गर्दै आएको कम्पनीले पुँजी बजारमा प्रवेश गर्ने तयारीसँगै आफ्नो व्यावसायिक विस्तारलाई थप गति दिने रणनीति बनाएको छ।

कम्पनीको २७औँ वार्षिक साधारणसभाले आईपीओसँगै कम्पनीको आगामी व्यावसायिक योजनासँग सम्बन्धित विभिन्न प्रस्ताव पारित गरेको छ। साधारणसभाले सञ्चालक समितिबाट प्रस्तुत वार्षिक तथा वित्तीय प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो।

सभाले सेयरधनीलाई चुक्ता पुँजीको करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ। यससँगै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, बजेट अनुमोदन, सञ्चालकहरूको पारिश्रमिक तथा नयाँ सञ्चालक समिति चयनलगायतका प्रस्तावसमेत पारित भएका छन्।

सन् २००० मा मोरङबाट स्थापना भएको पूर्वाञ्चल ल्युब आयलले विदेशी तथा बहुराष्ट्रिय ब्रान्डको प्रभाव रहेको नेपाली लुब्रिकेन्ट बजारमा पीएलओ ब्रान्डमार्फत आफ्नो उपस्थिति बनाउँदै आएको छ।

स्थापनाको सुरुवाती चरणमा कम्पनीले ग्रामीण क्षेत्रका किसान, ट्र्याक्टर, पम्पसेट तथा सार्वजनिक सवारीसाधनलाई लक्षित गर्दै इन्जिन आयल उत्पादन र बिक्री सुरु गरेको थियो। किफायती मूल्य र स्थानीय बजारको आवश्यकताअनुसार उत्पादन उपलब्ध गराएपछि मेकानिक तथा चालकहरूमाझ पीएलओको बजार विस्तार हुँदै गएको कम्पनीले जनाएको छ।

समयसँगै उत्पादन तथा बजार विस्तार गर्दै आएको कम्पनीले अब सर्वसाधारणलाई सेयरधनी बनाउने बाटो खोल्न लागेको हो। बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने तयारीले कम्पनीलाई पुँजी बजारसँग जोड्नेछ भने आईपीओबाट संकलित पुँजीलाई व्यवसाय विस्तारमा परिचालन गर्ने योजना कम्पनीको छ।

आईपीओ निष्कासनपछि कम्पनीको स्वामित्व संरचनामा सर्वसाधारणको सहभागिता बढ्नेछ। त्यससँगै कम्पनीको वित्तीय पारदर्शिता, संस्थागत संरचना र आगामी विस्तार योजनामाथि लगानीकर्ताको चासो पनि बढ्ने देखिन्छ।

पूर्वाञ्चल ल्युब आयलको आईपीओ प्रक्रिया अगाडि बढेसँगै नेपाली उत्पादन क्षेत्रबाट पुँजी बजारमा प्रवेश गर्ने कम्पनीको सूचीमा अर्को नाम थपिनेछ। कम्पनीले उत्पादन क्षमता विस्तार, बजार पहुँच बढाउने र पीएलओ ब्रान्डलाई थप विस्तार गर्ने लक्ष्यसहित आईपीओबाट प्राप्त पुँजी उपयोग गर्ने योजना अघि सारेको छ।

2