Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

मनासलु पदमार्ग मर्मतसँगै पर्यटकको आगमन बढ्दो

मनासलु पदमार्ग मर्मतसँगै पर्यटकको आगमन बढ्दो
A A+ A-

काठमाडौं। वर्षायाममा आएको बाढी र पहिरोले क्षतिग्रस्त बनेको मनासलु पर्यटकीय पदमार्गको मर्मत कार्य तीव्र पारिएको छ। वर्षा सकिएसँगै पर्यटकीय सिजन सुरु भएपछि पदमार्गलाई आवागमन योग्य बनाउन स्थानीय तह र विभिन्न सरोकारवाला निकायले काम अघि बढाएका छन्।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार हाइड्रोपावर कम्पनी, नेपाली सेना, गाउँपालिका, वडा कार्यालय, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) र होटल व्यवसायी उपसमितिको सहकार्यमा मर्मत भइरहेको छ। लामाले भने, ‘सबैको साथ र सहयोगबाट अहिले जगतसम्म जीप र पाङसिङसम्म मोटरसाइकल पुग्ने पदमार्ग निर्माण भएको छ।’ गाउँपालिकाले चुम उपत्यकाको क्यान्टिलिभर पुल मर्मतका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

चुमनुब्री गाउँपालिका-३ का वडा अध्यक्ष रामकुमार गुरुङका अनुसार न्याकफेदी-पेवा खण्डमा सबैभन्दा बढी क्षति पुगेको थियो। वडाभित्र मात्र १२ देखि १३ स्थानमा बिग्रिएको बाटो मर्मत गरिएपछि अहिले पर्यटक र खच्चड सहज रूपमा आवतजावत गर्न सक्ने भएका छन्। बाढीले बगाएका काठे तथा फलामे पुलहरू पनि स्थानीयको सक्रियतामा पुनःनिर्माण गरिएको छ।

मौसममा सुधार आएसँगै मनासलु क्षेत्रमा दैनिक करिब २ सय पर्यटक भित्रिरहेको एमक्याप गोरखाका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए। गत आर्थिक वर्षमा १६ हजार ६७१ विदेशी पर्यटकले भ्रमण गरेको यस क्षेत्रमा यस वर्ष २० हजारभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ।

2