काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमपर्वत हाइड्रोपावर कम्पनीलाई सर्वसाधारणका लागि सेयर निष्काशन (आईपीओ) गर्न अनुमति दिएको छ। बोर्डले शुक्रबार कम्पनीलाई उक्त अनुमति दिएको हो।
कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्नेछ। गोपाल भट्ट असार ५ गते बोर्डको अध्यक्षमा नियुक्त भएयता दिइएको यो पहिलो आईपीओ अनुमति हो।
बोर्डले साढे ५ महिनायता कुनै पनि कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको थिएन। यसअघि तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले वैशाख महिनामा एभरेष्ट कलरलाई अनुमति दिएका थिए। श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएका थिए।
