Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

निर्माण व्यवसायीको सुझावअनुसार खरिद ऐन संशोधन

निर्माण व्यवसायीको सुझावअनुसार खरिद ऐन संशोधन
A A+ A-

काठमाडौं। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन नेपाल निर्माण व्यवसायी महासंघको वर्तमान कार्यसमितिको सुझावबमोजिम नै गरिएको बताएका छन्।

राजधानीमा आयोजित लगानी र विकासका लागि कानुन सुधार परामर्श कार्यशालाको समापन कार्यक्रममा बोल्दै मन्त्री लम्सालले ऐन संशोधनका क्रममा महासंघबाट प्राप्त महत्वपूर्ण सुझावका लागि धन्यवाद दिएका हुन्। उनले सरोकारवाला पक्षसँग सहकार्य गरेर नै नीति तथा नियम तर्जुमा गर्ने सरकारको रणनीति रहेको स्पष्ट पारे।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निजी क्षेत्रबाट प्राप्त सुझावलाई सरकारले महत्वपूर्ण दस्तावेजको रुपमा लिएको बताइन्। उनले ती सुझावहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाइन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव एवं निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष कृष्णराज पन्तले विज्ञहरूबाट प्राप्त सुझावहरूलाई राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा रहेको समितिले थप परिमार्जन एवं परिष्कृत गर्ने जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै आर्थिक समृद्धि सम्भव हुने बताए। सोही क्रममा नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्तले वर्तमान सरकार निजी क्षेत्र मैत्री रहेको भन्दै आभार व्यक्त गरे। नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रले दिएका सुझावहरू पूर्ण रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

तीन दिने उक्त कार्यशालाको अध्यक्षता प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले गरेका थिए। कार्यक्रममा संसदीय समितिका सभापति, विभिन्न मन्त्रालयका प्रतिनिधि, विषयगत विज्ञ तथा निजी क्षेत्रका संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यशालामा लगानी प्रवद्र्धन, विकास निर्माणका प्रक्रियागत जटिलताको समाधान र लगानीमैत्री वातावरण निर्माणका विषयमा विस्तृत छलफल भएको थियो।

2