Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

अर्थ मन्त्रालयका दुई सहसचिवले दिए राजीनामा

अर्थ मन्त्रालयका दुई सहसचिवले दिए राजीनामा
A A+ A-

काठमाडौं। अर्थ मन्त्रालयका दुई सहसचिवले राजीनामा दिएका छन्। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्रदेव पाण्डे र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठले मंगलबार राजीनामा बुझाएका हुन्। दुवै अधिकारीले अनिवार्य अवकाश पाउनु केही समयअघि नै पदबाट राजीनामा दिएका हुन्।

स्रोतका अनुसार ५८ वर्षको उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका पाण्डे फागुन १० गते ५८ वर्ष पुग्दै छन्। उनी यसअघि नेपाल ट्रस्टको कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत थिए। गोपीकृष्ण कोइरालाले राजीनामा दिएपछि उनले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

त्यस्तै, आन्तरिक राजस्व विभागमा लामो समयदेखि कार्यरत श्रेष्ठ आगामी जेठ १४ गते ५८ वर्ष पूरा गरी अनिवार्य अवकाशमा जाने तयारीमा थिए। उनले तोकिएको समयअघि नै राजीनामा दिएका हुन्। दुवै सहसचिवले अर्थ सचिवसमक्ष राजीनामा बुझाएका छन्। मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि मात्र उनीहरूको राजीनामा औपचारिक रूपमा लागू हुनेछ।

2