Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

जिङ्क गहुँ-१ को व्यावसायिक उत्पादन सुरु

जिङ्क गहुँ-१ को व्यावसायिक उत्पादन सुरु
A A+ A-

काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र बिग एग्रो ग्रुप लिमिटेडले पोषणयुक्त ‘जिङ्क गहुँ-१’ को व्यावसायिक उत्पादन र बजारीकरणका लागि सम्झौता गरेका छन्। सम्झौताअनुसार बिग एग्रोले अब ‘राज चक्की आँटा’ ब्रान्डमा जिङ्क र आइरनयुक्त स्वदेशी आँटा बजारमा ल्याउनेछ।

नार्कका कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले यो पहल ‘अनुसन्धानदेखि उपभोक्तासम्म’ को अवधारणामा आधारित रहेको बताए। राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका अनुसार यो गहुँ तराई र भित्री मधेससहित ८०० मिटर उचाइसम्मका लागि उपयुक्त छ। यसको उत्पादकत्व प्रतिहेक्टर ५.०१ टन छ, जुन राष्ट्रिय औसत ३ टनभन्दा बढी हो।

नार्कका वैज्ञानिक खेमराज पन्त र रोमन कार्कीका अनुसार, जिङ्क गहुँ-१ मा साधारण गहुँको तुलनामा ३५ देखि ५२ पीपीएम जिङ्क र ३४ देखि ४१ पीपीएम आइरन पाइन्छ। साथै, यो जात खैरो र पहेँलो सिन्दुरे तथा पात डढुवा जस्ता रोग प्रतिरोधी क्षमतायुक्त छ।

बिग एग्रोका अध्यक्ष नवराज बुर्लाकोटीले किसानसँग गहुँ खरिद गरी गुणस्तरीय आँटा उत्पादन गरिने जानकारी दिए। उनले अन्य गहुँको आँटाको मूल्यमै यो पोसिलो आँटा उपलब्ध गराउने दाबी गरे। नार्कले यसको नियमित सेवनले प्रतिरक्षा प्रणाली बलियो बनाउन, शारीरिक र मस्तिष्क विकासमा सहयोग पुग्ने जनाएको छ। नेपालमा २५ प्रतिशत जनसङ्ख्यामा जिङ्कको कमी रहेको तथ्याङ्क छ।

नार्कले सन् २०२७ सम्ममा कुल गहुँ खेतीको ३० प्रतिशत क्षेत्रमा बायोफोर्टिफाईड गहुँ लगाउने लक्ष्य राखेको छ। यसका अतिरिक्त सन् २०२६ मा थप चारवटा गहुँका जातहरू (सारस, भैरव, बडीमालिका र गुराँस) अनुमोदन भएका छन्, जसमध्ये भैरव र बडीमालिकामा पनि जिङ्क र आइरनको मात्रा उच्च छ।

2