Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

तातोपानी र रसुवागढी नाका खुलाउन चिनियाँ पक्षसँग संवाद जारी

तातोपानी र रसुवागढी नाका खुलाउन चिनियाँ पक्षसँग संवाद जारी
A A+ A-

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्राकृतिक विपद्का कारण अवरुद्ध तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउन चीन सरकारसँग निरन्तर संवाद भइरहेको बताएका छन्।

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले नेपालतर्फ नाका खुलाउन कुनै समस्या नरहेको स्पष्ट पारे। नेपालतर्फको सडक सञ्चालनमा आइसके पनि चिनियाँ पक्ष भने अझै पूर्ण रूपमा तयार नदेखिएको उनको भनाइ छ।

मन्त्री लम्सालले भने, हाम्रा लागि नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन, हामी तयार नै छौँ, चिनियाँ पक्षसँग हामी नियमित संवादमा छौं र रसुवागढी नाका पनि कसरी छिटो खुलाउने भन्नेमा लागिरहेका छौं।

प्राकृतिक विपद्का कारण नाका सञ्चालनमा केही प्राविधिक समस्या देखिए पनि सरकारले सडक पूर्वाधार निर्माण र पुनःस्थापनाको कामलाई तीव्रता दिएको उनले जानकारी दिए। रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक मार्ग भएकाले त्यसलाई पुनः सञ्चालन गर्न आवश्यक पूर्वाधार पुनर्निर्माणको ठोस योजनाका साथ सरकार अघि बढेको मन्त्री लम्सालले बताएका छन्।

2