Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

इन्फिनिक्स जीटी ५० प्रो सार्वजनिक

इन्फिनिक्स जीटी ५० प्रो सार्वजनिक
A A+ A-

काठमाडौं । इन्फिनिक्सले गेमिङ तथा उच्च कार्यक्षमता चाहने प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ स्मार्टफोन जीटी ५० प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। जीटी सिरिजअन्तर्गत ल्याइएको फोनमा उन्नत कुलिङ प्रणाली, उच्च फ्रेमरेट गेमिङ क्षमता र गेमिङ नियन्त्रणका लागि विशेष सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

‘लिक्विड फ्लो, हाइपर परफर्मेन्स’ अवधारणामा आधारित जीटी ५० प्रोमा हाइड्रोफ्लो लिक्विड कुलिङ, १४४ एफपीएस गेमिङ इकोसिस्टम र प्रेसर–सेन्स जीटी ट्रिगर्स उपलब्ध छन्। कम्पनीका अनुसार यी प्रविधिले लामो समयसम्म गेम खेल्दा फोनको कार्यक्षमता स्थिर राख्न तथा गेमिङ अनुभवलाई थप सहज बनाउन सहयोग गर्छन्।

नेपालमा जीटी ५० प्रो १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध गराइएको छ। यसको मूल्य ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ।

कम्पनीले फोन खरिदमा शून्य प्रतिशत ईएमआई सुविधा पनि ल्याएको छ। यसअन्तर्गत ग्राहकले मासिक ४ हजार २५० रुपैयाँदेखि किस्ता तिर्न सक्नेछन्। ईएमआई योजनाका लागि फोनको खुद्रा मूल्य ८४ हजार ९९९ रुपैयाँमध्ये ५० हजार ९९९ रुपैयाँ डाउन पेमेन्ट र बाँकी ३४ हजार रुपैयाँ फाइनान्स रकम रहने व्यवस्था गरिएको छ।

जीटी ५० प्रोमा लामो समयसम्म गेमिङ वा उच्च कार्यक्षमताका एप प्रयोग गर्दा उत्पन्न हुने तापक्रम व्यवस्थापनका लागि हाइड्रोफ्लो लिक्विड कुलिङ प्रविधि प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले लामो गेमिङ सत्रमा फोनको तापक्रम नियन्त्रणमा राख्दै कार्यक्षमता स्थिर बनाउन सहयोग गर्छ।

त्यस्तै, फोनमा रहेको १४४ एफपीएस गेमिङ इकोसिस्टम ले गेमिङलाई थप सहज र तरल बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ। विशेषगरी तीव्र गतिका तथा प्रतिस्पर्धात्मक खेलमा उच्च फ्रेमरेटले दृश्य प्रदर्शन र प्रतिक्रिया क्षमतालाई थप प्रभावकारी बनाउने जनाइएको छ।

गेमिङका क्रममा थप नियन्त्रणका लागि फोनमा प्रेसर–सेन्स जीटी ट्रिगर्स राखिएको छ। टचस्क्रिनबाहेक थप नियन्त्रण विकल्प उपलब्ध गराउने यी ट्रिगर्सले गेम खेल्दा विभिन्न आदेश छिटो दिन सहयोग गर्ने कम्पनीले जनाएको छ।

फोनमा डल्बी एटमस सहितको ध्वनि प्रणाली रहेको छ। यसका साथै हाइ–रेस अडियो र हाइ–रेस अडियो वायरलेसको समर्थन पनि उपलब्ध छ।

जीटी ५० प्रोमा एन१ नेटवर्क चिप समेत राखिएको छ। गेमिङका क्रममा नेटवर्क स्थिरता र प्रतिक्रियाशीलता महत्वपूर्ण हुने भएकाले नेटवर्कसम्बन्धी अनुभवलाई थप प्रभावकारी बनाउन उक्त चिपले सहयोग गर्ने कम्पनीको दाबी छ।

डिजाइनतर्फ जीटी ५० प्रोमा जीटी सिरिजको विशिष्ट शैलीलाई निरन्तरता दिइएको छ। गेमिङ तथा डिजिटल जीवनशैली मन पराउने प्रयोगकर्तालाई लक्षित गरी फोनमा गेमिङ नियन्त्रण, कुलिङ प्रणाली र उच्च कार्यक्षमतामा केन्द्रित विभिन्न सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

जीटी ५० प्रोको शून्य प्रतिशत ईएमआई सुविधा गुडविल फाइनान्स लिमिटेड, निओफिन हायर पर्चेज प्रालि र एमएडब्लू मार्फत उपलब्ध हुने जनाइएको छ। ईएमआई सुविधा लिन ग्राहकले आवेदनका क्रममा वैध नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्नेछ।

वित्तीय स्वीकृति तथा लागू हुने नियम र सर्त सम्बन्धित वित्तीय साझेदारको नीति तथा आवश्यकताअनुसार निर्धारण हुने कम्पनीले जनाएको छ।

इन्फिनिक्स जीटी ५० प्रो १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा देशभरका अधिकृत इन्फिनिक्स खुद्रा पसल तथा स्मार्टफोन बिक्री केन्द्रमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

2