काठमाडौं: झापाको बिर्तामोड नगरपालिकास्थित भद्रपुर लाइनमा आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन् । फर्निचर उद्योगबाट सुरु भएको आगोका कारण सो क्षेत्रमा क्षति पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको जानकारी दिएका छन् । उनले भने, ‘मानवीय क्षति भएको छैन, ४-५ घरमा आगलागीले क्षति पुर्याएको छ ।’
प्रहरीका अनुसार हाल घटनास्थलमा आगलागीबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने कार्य जारी छ ।
