Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीको लर्को

दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीको लर्को
A A+ A-

बाँके: दसैँ र तिहार नजिकिएसँगै रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेश फर्किने क्रम बढेको छ। नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश र सिम्लालगायतका स्थानमा कार्यरत नेपालीहरू चाडपर्व मनाउन नेपालगञ्जस्थित जमुनाहा नाका हुँदै घर फर्किरहेका छन्।

इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार हाल दैनिक पाँच हजारभन्दा बढी नेपाली स्वदेश भित्रिरहेका छन्। प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले चाडपर्व नजिकिँदै जाँदा यो सङ्ख्या अझ बढ्ने बताए। यात्रुहरूको चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

पाँच वर्षपछि घर फर्किएका दैलेखका ५७ वर्षीय हेमन्त थापाले विगतको तुलनामा सीमा नाकामा अहिले जाँच प्रक्रिया व्यवस्थित भएको बताए। भारतमा रोजगारी गर्दै आएका थापाले परिवारसँग चाडपर्व मनाउने इच्छा पूरा गर्न घर फर्केको जानकारी दिए। त्यस्तै, आठ वर्षदेखि भारतको कुल्लुमा रहेकी जाजरकोटकी गङ्गाधरा केसी पनि छोराछोरीसहित दसैँ मनाउन स्वदेश आइपुगेकी छिन्। उनले नेपालमा पर्याप्त रोजगारी नपाएपछि आफू भारत जान बाध्य भएको बताइन्।

सीमा क्षेत्रमा हुने ठगी, लुटपाट र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ। प्रहरी निरीक्षक भट्टराईले यात्रुलाई सुरक्षा दिन र रातिको समयमा सीमामा आइपुग्ने नेपालीलाई सहज बनाउन भारतीय प्रहरीसँग समेत समन्वय गरिएको जानकारी दिए। बर्दियाका गोपाल थापाले यात्रु सहायता कक्षले आफूहरूको यात्रा सहज बनाएको बताए।

प्रमुख जिल्ला अधिकारीले सीमाबाट नेपाल प्रवेश गर्ने यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर विशेष सुरक्षा योजना लागू गरिएको बताएका छन्। वर्षभरि परदेशमा सङ्घर्ष गरेर परिवारको जीविकोपार्जन गर्दै आएका नेपालीका लागि दसैँ र तिहार परिवारसँग भेटघाट गर्ने मुख्य अवसर बनेको छ।

2