Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

कम उत्पादन दिने उखु खरिद नगर्ने उद्योगको निर्णय

कम उत्पादन दिने उखु खरिद नगर्ने उद्योगको निर्णय
A A+ A-

काठमाडौं: मधेस प्रदेशमा सञ्चालित चिनी उद्योगहरूले कम उत्पादन र चिनीको मात्रा न्यून हुने उखुका जातहरू खरिद नगर्ने निर्णय गरेका छन्। उद्योगहरूले संयुक्त सूचना जारी गर्दै किसानहरूलाई पुराना र कम उत्पादन दिने जातको खेती छोडेर विज्ञहरूले सिफारिस गरेका उन्नत जाततर्फ लाग्न आग्रह गरेका हुन्।

बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजु बाबराका अनुसार लामो समयदेखि उखुमा देखिएको रोग, कम उत्पादन र चिनीको न्यून प्रतिलाभका कारण उद्योगहरूले यस्तो निर्णय लिएका हुन्। उद्योगहरूले CoSe-91269, Co-0233 र BO-160 लगायतका २३ जातका उखुले अपेक्षित नतिजा नदिएको भन्दै विगत चार वर्षदेखि नै यस्ता जात विस्थापित गर्न किसानलाई आग्रह गर्दै आएका थिए। इन्दु शङ्कर चिनी उद्योगका उखु महाप्रबन्धक योग नारायण रजकले कमजोर जातको उखुले किसान र उद्योग दुवैलाई आर्थिक नोक्सानी पुर्‍याइरहेको बताए।

उद्योगहरूले Co-0118, CoIk-94184 र Co-15023 लगायतका बढी उत्पादन र चिनीको मात्रा उच्च हुने जातहरू खेती गर्न किसानलाई सुझाव दिएका छन्। सिफारिस गरिएका जातको बीउका लागि सम्बन्धित उद्योगसँग सम्पर्क राख्न पनि भनिएको छ। साथै, बालीमा लाग्ने रोग तथा कीरा नियन्त्रणका लागि ट्राइकोडर्मा र कोराजिन जस्ता विधि अपनाउन उद्योगले जोड दिएका छन्।

यद्यपि, किसानहरूले भने पुरानो जात विस्थापन गर्न गुणस्तरीय बीउको उपलब्धता र स्पष्ट मूल्य नीतिको माग गरेका छन्। उखु खेतीमा जात परिवर्तन एकै वर्षमा सम्भव नहुने भएकाले उद्योग, किसान र सरकारबिच समन्वय आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्। पर्याप्त विकल्प र बीउको व्यवस्था नभई कमजोर जातको उखु नकिन्ने निर्णय लागू गर्दा किसान मारमा पर्न सक्ने जोखिम पनि उत्तिकै छ। मधेसका चिनी उद्योगको यो कदमले उखु खेतीमा अब गुणस्तरीय र बढी चिनी दिने जाततर्फ ध्यान केन्द्रित गर्नुपर्ने बहसलाई थप बल पुर्‍याएको छ।

2