Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

डेली सेवाबाट एउटै प्लेटफर्ममा सयौँ सेवा

डेली सेवाबाट एउटै प्लेटफर्ममा सयौँ सेवा
A A+ A-

काठमाडौं । घरायसीदेखि व्यावसायिक आवश्यकतासम्मका विभिन्न सेवा एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने उद्देश्यसहित ‘डेली सेवा’ सञ्चालनमा आएको छ । डेली सेवा प्रालिले दैनिक जीवनमा आवश्यक पर्ने सेवा सहज, छिटो र व्यवस्थित रूपमा उपलब्ध गराउने लक्ष्यसहित स्वचालित डिजिटल सर्भिस मार्केटप्लेस सुरु गरेको हो ।

कम्पनीका अनुसार डेली सेवालाई नेपालको आफ्नै डिजिटल स्मार्ट बजारका रूपमा विकास गरिएको छ । मोबाइल एप तथा वेबसाइटमार्फत सेवाग्राहीले आफूलाई आवश्यक सेवा खोजेर आफ्नो स्थानबाटै सेवा लिन सक्नेछन् । त्यस्तै, व्यक्ति वा कम्पनीले आफूले प्रदान गर्ने सेवा तथा व्यवसायको विवरण राखेर प्लेटफर्ममा सेवाप्रदायकका रूपमा आबद्ध हुन सक्नेछन् ।

डेली सेवा एपमा घर निर्माण तथा मर्मत, विद्युतीय उपकरण मर्मत, सीप तथा तालिम, विशेषज्ञ सेवा, ग्याजेट तथा प्राविधिक सहयोग, अनकल सेवा, लजिस्टिक्स तथा ढुवानी, किचन र क्लिनिङलगायत विभिन्न क्षेत्रका सेवा समेटिएका छन् । कम्पनीले हाल १० विधामा १०० भन्दा बढी सेवा उपलब्ध रहेको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश न्यौपानेले दैनिक जीवन, घर, व्यवसाय र विशेषज्ञ आवश्यकतासँग सम्बन्धित सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यले डेली सेवा विकास गरिएको बताए ।

‘आफूलाई आवश्यक परेको सेवा घरमै बसेर लिन सकिने भएकाले समय र श्रम दुवै बचत हुने अपेक्षा गरेका छौँ,’ न्यौपानेले भने, ‘हाल एपमा १० विधाका १०० भन्दा बढी सेवा उपलब्ध छन् ।’

कम्पनीले दक्ष, अर्धदक्ष तथा अदक्ष जनशक्तिलाई रोजगारी र व्यवसाय विस्तारको अवसर उपलब्ध गराउने लक्ष्यसमेत राखेको छ । सेवाप्रदायकले प्लेटफर्ममार्फत आफ्नो सेवा प्रवर्धन गर्दै थप सेवाग्राहीसम्म पुग्ने अवसर पाउने कम्पनीको भनाइ छ ।

डेली सेवाले सेवाप्रदायकको छनोट तथा व्यवस्थापनमा विश्वास, गुणस्तर र व्यावसायिकतालाई प्राथमिकता दिएको जनाएको छ । सेवाग्राहीले सेवा लिएपछि त्यसको मूल्यांकन गर्न सक्ने व्यवस्था पनि प्लेटफर्ममा राखिएको छ ।

नेपालमा डिजिटल अर्थतन्त्र विस्तार हुँदै जाँदा विभिन्न सेवा अनलाइनबाट खोज्ने र लिने प्रवृत्ति बढिरहेको छ । यही परिवर्तनलाई लक्षित गर्दै नेपाली प्रविधि र जनशक्तिमा आधारित सेवा बजार निर्माण गर्ने अवधारणासहित डेली सेवा अघि बढेको कम्पनीले जनाएको छ ।

हाल काठमाडौं उपत्यकाबाट सेवा सुरु गरेको डेली सेवाले आगामी दिनमा देशभर विस्तार गर्ने लक्ष्य लिएको छ । कम्पनीले घरायसी आवश्यकता, व्यवसाय सञ्चालन र विशेषज्ञ सेवासम्मका आवश्यकतालाई एउटै डिजिटल बजारमार्फत जोड्ने योजना अघि सारेको छ ।

2