Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

उपभोक्ता झुक्याउने ‘पर्फेक्ट सेन्टर फिल्ज’ को ट्रेडमार्क दर्ता बदर

उपभोक्ता झुक्याउने ‘पर्फेक्ट सेन्टर फिल्ज’ को ट्रेडमार्क दर्ता बदर
A A+ A-

काठमाडौं: सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ नामक चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ। इटालीको बहुराष्ट्रिय कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’ सँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरी उपभोक्तालाई भ्रममा पारेको ठहर गर्दै अदालतले यस्तो निर्णय गरेको हो।

सुनसरीको दुहबीस्थित पर्फेक्ट फुड्स प्रालिका नाममा दर्ता रहेको उक्त ट्रेडमार्क खारेज गरिएको हो। मुद्दा नम्बर ०७७-सीआई-०३०१ मा सर्वोच्चले दुई ट्रेडमार्कबीच पर्याप्त समानता रहेको र यसले सामान्य उपभोक्तालाई भ्रमित पार्न सक्ने निष्कर्ष निकालेको छ। अदालतले ट्रेडमार्क निर्धारण गर्दा केवल नाम वा शब्दको तुलना मात्र नगरी त्यसको उच्चारण, दृश्य स्वरूप, उत्पादनको प्रकृति र बजारमा पर्ने समग्र प्रभावलाई आधार मानेको छ।

पर्फेक्ट फुड्सले आफ्नो कम्पनीको नाम र प्याकेजिङ फरक रहेको तथा ‘सेन्टर’ र ‘फ्रुट’ शब्द सामान्य प्रयोगमा आउने दाबी गरेको थियो। तर, अदालतले ‘सेन्टर फ्रुट’ पहिलेदेखि नै स्थापित ब्रान्ड भएकाले त्यससँग मिल्दोजुल्दो नाम राख्दा उपभोक्तामा भ्रम सिर्जना हुने ठहर गरेको छ। कानुन व्यवसायी निरव ज्ञवालीका अनुसार यो फैसलाले ट्रेडमार्क संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नजिर स्थापित गरेको छ।

नेपालको पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८(३) अनुसार उद्योग विभागलाई दर्ता भइसकेका ट्रेडमार्क बदर गर्ने अधिकार छ। विभागले दर्ता बदर गरिसकेपछि पनि सोही चिह्न प्रयोग गरेर कारोबार जारी राखे कानुनबमोजिम जरिवाना र सामान जफत हुन सक्ने व्यवस्था छ। अमेरिकन चेम्बर अफ कमर्सका महाप्रबन्धक अमिर राज थापाले यस्ता फैसलाले नेपालको लगानी वातावरणप्रति अन्तर्राष्ट्रिय विश्वास बढाउने बताएका छन्।

पर्फेट्टी भ्यान मेली नेपालले बजारको अवस्था निगरानी गरिरहेको र उपभोक्ताको हित संरक्षणका लागि आवश्यक कानुनी कदम चाल्ने जनाएको छ। कम्पनीले वास्तविक ‘सेन्टर फ्रुट’ उत्पादनमा यस निर्णयले कुनै असर नगर्ने स्पष्ट पारेको छ।

2