Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

त्रिभुवन विमानस्थलको एटीसी प्रणाली स्तरोन्नतिका लागि जापानले पौने ३ अर्ब अनुदान दिने

त्रिभुवन विमानस्थलको एटीसी प्रणाली स्तरोन्नतिका लागि जापानले पौने ३ अर्ब अनुदान दिने
A A+ A-

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी) प्रणालीलाई आधुनिकीकरण गर्न जापान सरकारले २ अर्ब ७६ करोड ७० लाख रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ। नेपालका लागि जापानी राजदूत माइदा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

नेपालको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापनलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले जापानले सो सहायता प्रदान गर्न लागेको हो। यो परियोजनामार्फत विमानस्थलको कन्ट्रोल टावरको पुनरुत्थान गरिनेछ। साथै, सञ्चार, नेभिगेसन, अनुगमन प्रणाली र एयर ट्राफिक व्यवस्थापनका कामलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मापदण्डअनुसार स्तरोन्नति गरिनेछ।

अनुदान रकमबाट विमानस्थलका प्राविधिकहरूलाई तालिम प्रदान गरी सञ्चालन र मर्मत क्षमतालाई बलियो बनाउने योजना पनि रहेको छ। यो परियोजनाले विमानस्थलको सुरक्षा व्यवस्था मजबुत बनाउँदै सेवाको निरन्तरता, ट्राफिक व्यवस्थापनमा सुधार र विपद् प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। यसले नेपालको पर्यटन, व्यापार र कनेक्टिभिटीमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा यो सहयोग उपलब्ध गराइएको हो। जापानले नेपालको दिगो आर्थिक विकासका लागि निरन्तर सहयोग गर्दै आएको छ।

2