Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

त्रिविको बजेट करिब १० प्रतिशतले वृद्धि

त्रिविको बजेट करिब १० प्रतिशतले वृद्धि
A A+ A-

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। बिहीबार बसेको विश्वविद्यालय सभाले अघिल्लो वर्षको तुलनामा ९.७७ प्रतिशतले बजेट वृद्धि गरेको हो।

त्रिविका रजिस्ट्रार डा. रवीन्द्र सिवाकोटीका अनुसार कुल बजेटमध्ये ४९.३८ प्रतिशत अर्थात् १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ आन्तरिक स्रोतबाट र ५०.६२ प्रतिशत अर्थात् १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ नेपाल सरकारबाट प्राप्त हुने अनुमान गरिएको छ। यद्यपि, सरकारले चालु आर्थिक वर्षका लागि ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ मात्र अनुदान छुट्याएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ अर्ब ८० करोड रुपैयाँ कम हो।

विश्वविद्यालयले शिक्षक तथा कर्मचारीको तलब वृद्धि र प्रोत्साहन भत्ताका कारण ८ अर्ब ३१ करोड ७७ लाख ४७ हजार रुपैयाँ अपुग हुने जनाएको छ। त्रिविले उक्त रकम व्यवस्थापनका लागि प्रधानमन्त्री तथा कुलपतिसमक्ष पहल गरिरहेको छ।

प्रस्तावित बजेटको ८६.१४ प्रतिशत सञ्चालन खर्च र १३.८६ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ। अनुसन्धान तथा विकासका लागि ४३ करोड ७५ लाख ५२ हजार रुपैयाँ अर्थात् कुल बजेटको १.४१ प्रतिशत छुट्याइएको छ। साथै, प्राध्यापक तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि २१ करोड ७७ लाख ८९ हजार रुपैयाँ र सूचना प्रविधि व्यवस्थापनका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ।

नयाँ तलबमान र प्रोत्साहन भत्ता साउन १ गतेदेखि लागू गर्ने निर्णय भएको छ। बजेट अनुशासन कायम राख्न आन्तरिक स्रोतबाट हुने खर्चका लागि केन्द्रीय कार्यालयबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।

2