Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

पश्चिम एसियामा तेल बजारको हिस्सा हत्याउन उत्पादकहरूबीच प्रतिस्पर्धा

पश्चिम एसियामा तेल बजारको हिस्सा हत्याउन उत्पादकहरूबीच प्रतिस्पर्धा
A A+ A-

काठमाडौं: इरान युद्धका कारण गुमेको तेल बजारको हिस्सा पुनः प्राप्त गर्न पश्चिम एसियाका प्रमुख तेल उत्पादक राष्ट्रहरू सक्रिय भएका छन्। स्ट्रेट अफ होर्मुज हुँदै तेल ढुवानी बिस्तारै सामान्य बन्दै गएपछि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), इराक र कुवेतले आफ्नो निर्यात बढाउन प्रतिस्पर्धा गरिरहेका छन्।

रोयटर्सका अनुसार यसले उत्पादक राष्ट्रहरूबीच टकरावको अवस्था सिर्जना गरेको छ। डेटा विश्लेषण कम्पनी केप्लरका अनुसार पछिल्ला दुई सातामा स्ट्रेट अफ होर्मुज हुँदै दैनिक औसत १ करोड २० लाख ब्यारेल कच्चा तेल निर्यात भएको छ, जुन युद्धअघिको स्तरको करिब ८० प्रतिशत हो।

ऊर्जा परामर्श संस्था इनर्जी आस्पेक्ट्सले विश्व बजारमा रहेको तेलको अभाव मे महिनाको दैनिक ४० लाख ब्यारेलबाट घटेर अक्टोबरमा करिब २ लाख ५० हजार ब्यारेलमा सीमित हुने अनुमान गरेको छ। यद्यपि, होर्मुज जलमार्ग अझै सुरक्षित भइसकेको छैन।

पछिल्ला दुई सातामा इरानी सेनाले यो जलमार्ग हुँदै जाने पानीजहाजलाई निरन्तर निशाना बनाइरहेको र लगभग दैनिक एउटा ट्याङ्कर प्रभावित भइरहेको रोयटर्सले जनाएको छ। यूएईले आफ्नो निर्यात युद्धअघिको स्तरमा फर्काउन सफल भएको छ भने साउदी अरेबियाले आफ्ना वैकल्पिक मार्ग र पाइपलाइनमा भएका आक्रमणका कारण केही चुनौती सामना गरिरहेको छ।

साउदीको कच्चा तेल उत्पादन अझै युद्धअघिको करिब ७५ प्रतिशतमा सीमित छ। एसियाली बजारमा इरानको तेल हिस्सा भने अक्टोबरमा शून्यमा झरेको छ। युद्धका कारण गुमेका ग्राहक फिर्ता ल्याउन इराक र साउदी अरेबियाले खरिदकर्तालाई ठुलो छुटमा तेल बिक्री गर्न थालेका छन्।

तैपनि ढुवानी जोखिम, महँगो बीमा लागत र अनिश्चितताका कारण विश्व बजारमा तेलको मूल्य अझै उच्च छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि रहेको छ, जुन युद्धअघिको भन्दा करिब ४० प्रतिशत बढी हो। यसले गर्दा उपभोक्ताले तत्काल पेट्रोलियम पदार्थको मूल्यमा ठुलो राहत पाउने सम्भावना कम देखिन्छ।

2