Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

नेप्से परिसूचक १७ दशमलव १५ अंकले बढ्यो

नेप्से परिसूचक १७ दशमलव १५ अंकले बढ्यो
A A+ A-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढेर दुई हजार ५९१ दशमलव ८० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८० अंकले बढेर ४६५ दशमलव ८५ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक एक दशमलव ४२ अंकले बढेर १७९ दशमलव १० मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५० अङ्कले बढेर १५७ दशमलव ४६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड २९ लाख पाँच हजार ९४२ कित्ता शेयर रु चार अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटा उपसमूह बढेका छन् । आज १८० कम्पनीको शेयर बढ्यो भने ८९ कम्पनीको शेयर घट्यो । त्यसैगरी १० कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज कुथेली बुखरी स्मल हाइड्रोपावर, सिन्धु विकास बैंक, सोलु हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी रिर्ज लाइन इनर्जी कम्पनी, आइसिएफसी फाइनान्स डिबेञ्चर, प्राइम डिबेञ्चर लगायतका लगानीकर्ताले गुमाएका छन् ।

2