Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

आम्दानी घटेपछि अल्टिच्युड एयरले हेलिकप्टर थप्दै

आम्दानी घटेपछि अल्टिच्युड एयरले हेलिकप्टर थप्दै
A A+ A-

काठमाडौं । अल्टिच्युड एयरको आम्दानी ७ प्रतिशतले घटेको छ । सन् २०२५ मा ५६ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२६ मा ५२ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । आम्दानी घटे पनि कम्पनीले व्यवसाय विस्तारका लागि नयाँ एयरबस हेलिकप्टर थप्ने तयारी गरेको छ ।

सन् २०२४ मा कम्पनीको आम्दानी ५० करोड २० लाख रुपैयाँ थियो । सन् २०१५ मा स्थापना भएको कम्पनीले सन् २०१६ देखि व्यावसायिक कारोबार सुरु गरेको हो ।

हाल दुईवटा एच१२५ एयरबस हेलिकप्टर सञ्चालन गरिरहेको कम्पनीले थप एउटा हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ । कम्पनीले नयाँ हेलिकप्टर खरिदका लागि आवश्यक ऋण व्यवस्थापन गरिसकेको जनाएको छ । नयाँ हेलिकप्टरले चालु आर्थिक वर्षको पहिलो छ महिनाभित्र व्यावसायिक सेवा सुरु गर्ने अनुमान गरिएको छ ।

अल्टिच्युड एयरले चार्टर, पर्वतीय उडान, उद्धार, बिरामी ओसारपसार, तीर्थयात्रा, चलचित्र छायांकन तथा अन्य विशेष उडान सेवा दिँदै आएको छ । कम्पनीका हेलिकप्टरको माग फेब्रुअरीदेखि मेसम्म र सेप्टेम्बरदेखि नोभेम्बरसम्म उच्च रहने गरेको छ । गत आर्थिक वर्षमा भएको जेनजी आन्दोलनले भने कम्पनीको कारोबार प्रभावित भएको थियो ।

कम्पनीको सञ्चालन मार्जिन पनि घटेको छ । सन् २०२५ मा ३२ प्रतिशत रहेको सञ्चालन मार्जिन सन् २०२६ मा २२ प्रतिशतमा झरेको छ । तर, खुद नाफा भने बढेर ३३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष खुद नाफा १२ प्रतिशत थियो ।

खुद नाफा बढ्नुमा सम्पत्ति बिक्रीबाट प्राप्त एकमुष्ट आम्दानीको भूमिका रहेको छ । कम्पनीले २५ करोड २० लाख रुपैयाँ सम्पत्ति बिक्रीसम्बन्धी आम्दानी प्राप्त गरेको छ । उक्त रकम सन् २०२५ अक्टोबर २९ मा दुर्घटनाग्रस्त हेलिकप्टर ९एन–एएमएस तथा ढुवानीका क्रममा क्षतिग्रस्त अर्को हेलिकप्टरको इन्जिनसँग सम्बन्धित बीमा दाबीबाट प्राप्त भएको हो । कम्पनीले सम्बन्धित बीमा रकम पाइसकेको जनाएको छ ।

कम्पनीको ग्रस क्यास अक्रुअल १२ करोड ८० लाख रुपैयाँले बढेर २२ करोड ५० लाख रुपैयाँ पुगेको छ । ऋणको तुलनामा नगद प्रवाहको अवस्था पनि सुधारिएको छ । कुल ऋण र ग्रस क्यास अक्रुअलको अनुपात अघिल्लो वर्षको ३.८२ गुणाबाट घटेर २.०२ गुणामा आएको छ ।

त्यस्तै, कम्पनीको गियरिङ अनुपात १.२४ गुणाबाट घटेर ०.८५ गुणामा झरेको छ । सम्पत्ति बिक्रीबाट प्राप्त रकम ऋण भुक्तानीमा प्रयोग हुनु र कम्पनीको मूर्त खुद सम्पत्ति बढ्नुले यस्तो सुधार आएको हो । यद्यपि, चालु आर्थिक वर्षमा गियरिङ अनुपात पुनः बढ्न सक्ने अनुमान गरिएको छ ।

अर्कोतर्फ, कम्पनीको ब्याज भुक्तानी क्षमता कमजोर बनेको छ । सन् २०२५ मा ६.२६ गुणा रहेको ब्याज कभरेज अनुपात सन् २०२६ मा घटेर ३.६७ गुणामा सीमित भएको छ ।

नुमानुरु शेर्पा अध्यक्ष रहेको कम्पनीले नयाँ हेलिकप्टर खरिदमा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी लगानी गर्ने योजना बनाएको छ । हेलिकप्टर खरिदका लागि कम्पनीले कुल ८६ करोड ८० लाख रुपैयाँ बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाको रेटिङ गराएको छ । यसमध्ये ८२ करोड ७६ लाख रुपैयाँ दीर्घकालीन र ४ करोड ३ लाख रुपैयाँ अल्पकालीन कर्जा रहेको छ ।

आम्दानी र सञ्चालन मार्जिन घटिरहेका बेला कम्पनीले हेलिकप्टर थपेर व्यवसाय विस्तार गर्न लागेको छ । नयाँ हेलिकप्टर सञ्चालनमा आएपछि कम्पनीको सेवा क्षमता र आम्दानीमा कस्तो प्रभाव पर्छ भन्ने कुरा आगामी कारोबारले निर्धारण गर्नेछ ।

2