Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

सिद्धार्थ सडक खाना महोत्सवमा आज सांगीतिक धमाका

सिद्धार्थ सडक खाना महोत्सवमा आज सांगीतिक धमाका
A A+ A-

भैरहवा । दसैँलक्षित ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३’ मा आज भव्य सांगीतिक कार्यक्रम हुँदैछ। चेम्बर अफ कमर्स, रुपन्देहीको आयोजनामा असोज २४ गतेदेखि भैरहवामा सुरु भएको महोत्सवको दोस्रो दिन आज साँझ ६ बजेदेखि सांगीतिक प्रस्तुति सञ्चालन हुने आयोजकले जनाएको छ।

भैरहवाको बसपार्कदेखि देवकोटा चोकसम्म सञ्चालन भइरहेको महोत्सवमा स्थानीय मौलिक खाना, विभिन्न जातजातिका परम्परागत परिकार तथा विविध खाद्य सामग्रीका स्टल राखिएका छन्। महोत्सवमा करिब एक सय स्टल रहेका छन्। आयोजकले दुई दिनमा ५० हजारभन्दा बढी दर्शक तथा उपभोक्ता सहभागी हुने अपेक्षा गरेको छ।

महोत्सवको सांगीतिक कार्यक्रममा गायक दुर्गेश थापा, भोजपुरी कलाकार प्रीति पासवानसहित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ। सांगीतिक कार्यक्रमसँगै विभिन्न परिकारको स्वाद लिने र दसैँको माहोलमा रमाउने अवसर दर्शकले पाउनेछन्।

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोकाले स्थानीय उत्पादक, किसान, खाद्य व्यवसायी, महिला तथा युवा उद्यमीलाई प्रत्यक्ष बजारसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। यसले स्थानीय उत्पादनको बजारीकरण बढाउनुका साथै होटल तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

महोत्सव संयोजक विनोद खरेलले स्थानीय मौलिक खाना, जातीय परिकार, कला, संस्कृति र परम्परालाई प्राथमिकता दिइएको बताए। बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकलाई सिद्धार्थनगरमा आकर्षित गरी उनीहरूको बसाइ अवधि र स्थानीय खर्च बढाउने लक्ष्यसमेत राखिएको उनले बताए।

भारतसँग जोडिएको बेलहिया नाका, गौतम बुद्धको जन्मस्थल लुम्बिनी र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण सिद्धार्थनगर पर्यटनको महत्त्वपूर्ण प्रवेशद्वार मानिन्छ। महोत्सवमार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधि विस्तारमा योगदान पुग्ने आयोजकको अपेक्षा छ।

आज महोत्सवको अन्तिम दिन भएकाले आयोजकले दर्शक तथा उपभोक्तालाई सहभागी भई मौलिक परिकार र सांगीतिक प्रस्तुतिको आनन्द लिन आग्रह गरेको छ।

2