Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

ताप्लेजुङमा एकैदिन ७८ क्विन्टल बढी खाद्यान्न बिक्री

ताप्लेजुङमा एकैदिन ७८ क्विन्टल बढी खाद्यान्न बिक्री
A A+ A-

फुङलिङ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखाले सोमबार एकै दिनमा ७८ क्विन्टल ३३ किलोग्राम खाद्यान्न बिक्री गरेको छ।

चाडपर्वको अवसरमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन थालेपछि उपभोक्ताको चाप बढेको हो।

शाखा प्रमुख प्रकाश तिम्सिनाका अनुसार कार्यालयले पहिलो पटक दाल बिक्री सुरु गरेको छ। सोमबार मात्र ५७२ किलोग्राम दाल प्रतिकिलो १४५ रुपैयाँका दरले ८२ हजार ९४० रुपैयाँ बराबरको बिक्री भएको छ।

त्यस्तै, दुई हजार ८६ किलोग्राम चिनी बिक्रीबाट दुई लाख २९ हजार ४६० रुपैयाँ संकलन भएको छ। कार्यालयले असोज १४ गतेदेखि चिनी बिक्री सुरु गरेको हो र १० दिनको अवधिमा दुई सय क्विन्टल बढी चिनी बिक्री भइसकेको छ।

सोमबार चार लाख ५५ हजार १०० रुपैयाँ बराबरको चामल पनि बिक्री भएको छ। जसमा २५ किलोग्रामको १७९ बोरा जिरा मसिनो र २८ बोरा सोना मन्सुली चामल उपभोक्ताले खरिद गरेका छन्। सो दिन कुल २९८ जना उपभोक्ताले सात लाख ६७ हजार ५०० रुपैयाँको सामान खरिद गरेका हुन्।

उपभोक्ताको चाप बढेसँगै कार्यालयमा कार्यरत चार जना कर्मचारीलाई कामको भार थपिएको छ। थोरै परिमाणमा दाल र चिनी तौलिएर दिनुपर्दा सेवाग्राहीले लामो समय कुर्नुपर्ने बाध्यता रहेको छ।

प्रमुख तिम्सिनाले जनशक्ति अभावका कारण कर्मचारी र उपभोक्ता दुवैलाई सकस भइरहेको बताउँदै थप कर्मचारीको माग गरिएको जानकारी दिए।

2