काठमाडौं । आइएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्स्पो २०२६ मा डिजिटल भुक्तानी, व्यक्तिगत वित्त व्यवस्थापन, कनेक्टिभिटी र लगानीसँग सम्बन्धित ६ नयाँ सेवा सार्वजनिक गरेको छ ।
फिनटेक एलायन्स नेपालले आयोजना गरेको तीनदिने एक्स्पोको पहिलो दिन कम्पनीले खल्ती कार्ड्स, ई-सिम र पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको थियो । त्यस्तै, तेस्रो दिन खल्ती प्रो, स्ट्राइप र खल्ती स्टक हब सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ सेवाले डिजिटल भुक्तानीलाई सहज बनाउनुका साथै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी र लगानीसम्बन्धी सुविधा विस्तार गर्ने लक्ष्य राखेका छन् ।
एक्स्पो अवधिभर खल्तीको स्टलमा सयौँ प्रयोगकर्ता पुगेका थिए । उनीहरूलाई कम्पनीका उत्पादन, सेवा, प्रयोग गर्ने तरिका र उपलब्ध सुविधाबारे जानकारी दिइएको कम्पनीले जनाएको छ ।
प्रयोगकर्तालाई आकर्षित गर्न कम्पनीले एक्स्पो अवधिमा विभिन्न सेवामा क्यासब्याक, प्रोमो कोड तथा अन्य अफर उपलब्ध गराएको थियो । स्मार्ट डिपोजिट, कार्ड्स, एआई फिएस्टा, बीमा, हवाई टिकट, मोबाइल टपअप, डेटा प्याक तथा टेलिभिजन र इन्टरनेट सेवासम्बन्धी सुविधामा अफर दिइएको कम्पनीले जनाएको छ ।
एक्स्पोमा सहभागी प्रयोगकर्ताले विशेषगरी खल्ती कार्ड्स, स्ट्राइप र पर्सनल फाइनान्स च्यालेन्जप्रति चासो देखाएका थिए ।
आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस्ता कार्यक्रमले नयाँ सेवा सार्वजनिक गर्नुका साथै प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आवश्यकता बुझ्ने अवसर प्रदान गर्ने बताए ।
उनका अनुसार यस वर्ष कम्पनीले भुक्तानी सेवाभन्दा अगाडि बढ्दै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी, लगानी र प्रविधिमा आधारित अन्य सेवा विस्तार गरेको छ । नयाँ उत्पादनप्रति प्रयोगकर्ताले देखाएको उत्साह र प्रतिक्रियाले अझ सहज, उपयोगी तथा एकीकृत डिजिटल सेवा विकास गर्न प्रेरणा दिएको उनले बताए ।
आइएमई खल्तीले डिजिटल भुक्तानीलाई केन्द्रमा राख्दै बचत, लगानी, बीमा, कनेक्टिभिटी र दैनिक जीवनसँग सम्बन्धित सेवाहरू एउटै डिजिटल प्लेटफर्ममा जोड्ने लक्ष्यसहित सेवा विस्तार गर्दै आएको छ । नेपाल फिनटेक एक्स्पो २०२६ मा नयाँ उत्पादन सार्वजनिक गर्नु कम्पनीको ‘इन्फिनिट पोसिबिलिटी’ अवधारणाअन्तर्गत एकीकृत डिजिटल वित्तीय तथा जीवनशैलीसम्बन्धी सेवा विस्तार गर्ने प्रयासको हिस्सा रहेको कम्पनीले जनाएको छ ।
