Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

थाई भिसा प्रक्रियाप्रति टुर्स व्यवसायीको आपत्ति

थाई भिसा प्रक्रियाप्रति टुर्स व्यवसायीको आपत्ति
A A+ A-

काठमाडौं । थाई दूतावासको भिसा प्रक्रियाप्रति आउटबाउन्ड टुर्स एसोसिएसन अफ नेपाल (ओटान) ले कडा आपत्ति जनाएको छ । भिसा आवेदनमा नयाँ नियम लागू हुनुअघि दर्ता भएका निवेदनमा समेत नयाँ मापदण्ड लागू गरिएको भन्दै ओटानले भूतप्रभावी नियम नलगाउन आग्रह गरेको छ ।

ओटानले प्रेस विज्ञप्ति जारी गर्दै अपारदर्शी र अव्यावहारिक भिसा प्रक्रियाका कारण नेपाली यात्रु तथा ट्राभल एजेन्सीहरूले आर्थिक क्षति र मानसिक तनाव भोग्नुपरेको जनाएको छ । दूतावासले माग गरेका कागजात पूरा गरेर आवेदन दिँदासमेत भिसा अस्वीकृत गर्ने र सामान्य त्रुटि सच्याउने अवसरसमेत नदिने गरेको व्यवसायीहरूको गुनासो छ ।

विज्ञप्तिअनुसार १५ देखि २० दिनअघि दर्ता भएका आवेदनमा दुई दिनअघि लागू गरिएको नयाँ नियमका आधारमा भिसा अस्वीकृत गरिनु प्रशासनिक न्यायको सिद्धान्तविपरीत हो । ओटानले पुराना आवेदनलाई पहिलेकै मापदण्डअनुसार पुनर्विचार गर्न माग गरेको छ ।

व्यवसायीहरूका अनुसार भिसा स्वीकृत हुने सुनिश्चितता नहुँदासमेत दूतावासले कन्फर्म हवाई टिकट र होटलको मूल बुकिङ माग्ने गरेको छ । यसका लागि यात्रुले लाखौँ रुपैयाँ अग्रिम खर्च गर्नुपर्ने र भिसा नआएमा वा निर्णय ढिलो हुँदा फिर्ता नहुने टिकट तथा होटल बुकिङको रकम गुम्ने जोखिम रहेको ओटानले जनाएको छ ।

बुकिङ डटकम र अगोडाजस्ता अन्तर्राष्ट्रिय प्रणालीबाट गरिएका होटल बुकिङलाई मान्यता नदिई होटलबाट छुट्टै पत्र माग्दा प्रक्रिया थप झन्झटिलो र खर्चिलो बनेको व्यवसायीहरूको भनाइ छ । दशैंतिहारको बिदामा परिवारसहित थाइल्याण्ड घुम्न जाने यात्रु बढी प्रभावित भएको र एउटै परिवारका केही सदस्यको भिसा स्वीकृत तथा केहीको अस्वीकृत हुँदा यात्रा नै प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।

ओटानले भिसा अस्वीकृति र निर्णयमा हुने ढिलाइका कारण यात्रुले ठूलो रकम गुमाउनुपरेको भन्दै प्रक्रियामा कुनै अनुचित मिलेमतो छ कि छैन भन्ने विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन गर्नसमेत माग गरेको छ । भिसासम्बन्धी जानकारी लिन खोज्दा दूतावासले फोन नउठाउने र जवाफ दिन पन्छिने गरेको गुनासो पनि व्यवसायीहरूले गरेका छन् ।

ओटानले भिसाका मापदण्ड स्पष्ट र लिखित रूपमा सार्वजनिक गर्न, नयाँ नियम लागू गर्नुभन्दा कम्तीमा ३० दिनअघि सूचना दिन, भिसा अस्वीकृत गर्दा स्पष्ट लिखित कारण खुलाउन र सामान्य त्रुटि सच्याउने अवसर दिन माग गरेको छ । त्यस्तै, भिसा निर्णय नभएसम्म अस्थायी हवाई टिकट तथा होटल बुकिङ स्वीकार गर्न र निर्णयका लागि निश्चित समयसीमा तोक्न आग्रह गरेको छ ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालयले थाई सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गरी नेपाली यात्रुको आर्थिक सुरक्षा सुनिश्चित गर्न पनि ओटानले माग गरेको छ ।

ओटानका अध्यक्ष माधव कँडेलले यात्रुलाई भिसा आवेदनमा सावधानी अपनाउन आग्रह गरेका छन् । उनले भिसा नआउँदासम्म फिर्ता नहुने टिकट तथा होटलमा अग्रिम भुक्तानी नगर्न, फिर्ता गर्न मिल्ने बुकिङ रोज्न र आधिकारिक ट्राभल एजेन्सीको परामर्श लिएर मात्र यात्राको तयारी गर्न सुझाव दिएका छन् ।

नेपाली ट्राभल एजेन्सीहरूले लामो समयदेखि थाइल्याण्डको पर्यटन तथा अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै ओटानले नेपाली यात्रुले पारदर्शी, सम्मानजनक र न्यायोचित व्यवहार पाउनुपर्ने जनाएको छ ।

2