काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभागमा आंशिक बदली हुनेछ। पहाडी तथा तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
आज राति कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुने सम्भावना छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
