Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

हुवावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक

हुवावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक
A A+ A-

काठमाडौं । हुवावेले आफ्नो नयाँ स्मार्टवाच सिरिज ‘हुवावे वाच जीटी ७’ नेपालमा सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, स्वास्थ्य निगरानी र आउटडोर खेलकुद ट्र्याकिङ सुविधासहितका यी स्मार्टवाचको मूल्य ४४ हजार ९९० रुपैयाँदेखि ६४ हजार ९९० रुपैयाँसम्म तोकिएको छ।

हुवावे वाच जीटी ७ को मूल्य ४४ हजार ९९० रुपैयाँ र हुवावे वाच जीटी ७ प्रोको मूल्य ६४ हजार ९९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

हुवावे वाच जीटी ७ प्रोमा एयरोस्पेस ग्रेड टाइटेनियम एलोय केस, नानो टेक्नोलोजी सिरेमिक बेजेल र स्याफायर ग्लासको सुरक्षा दिइएको छ। यसमा १.४७ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसले ३ हजार निट्ससम्मको ब्राइटनेस प्रदान गर्छ।

स्मार्टवाचमा डुअल ब्यान्ड जीपीएस र हुवावेको सनफ्लावर पोजिसनिङ सिस्टम उपलब्ध छ। यसले ट्रेल रनिङ, हाइकिङ तथा ट्रेकिङका क्रममा दूरी, गति, उचाइ, ढलान र मुटुको धड्कन ट्र्याक गर्न सहयोग गर्छ। साइकलिङ, गल्फ र ४० मिटरसम्मको गहिराइमा फ्रिडाइभिङका लागि पनि विशेष सुविधा दिइएको छ।

स्वास्थ्य निगरानीतर्फ यसमा ईसीजी विश्लेषण, मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा, निद्रा, तनाव र हार्ट रेट भेरिएबिलिटी मापन गर्ने सुविधा छन्। यसको फिजिकल रेडिनेस स्कोरले शरीरको रिकभरी अवस्था र दैनिक गतिविधिका लागि शारीरिक तयारी बुझ्न सहयोग गर्छ। स्मार्टवाचमा ११० भन्दा बढी वर्कआउट मोड उपलब्ध छन्।

कम्पनीका अनुसार सामान्य प्रयोगमा यसको ब्याट्री १२ दिनसम्म र कम प्रयोगमा २१ दिनसम्म टिक्न सक्छ। ट्रेल रनिङ मोडमा भने ५१ घण्टासम्म ब्याट्री चल्ने दाबी गरिएको छ। यो स्मार्टवाच एन्ड्रोइड र आईओएस दुवैमा प्रयोग गर्न सकिन्छ।

हुवावे वाच जीटी ७ को ४६ एमएम भेरियन्ट कालो र पहेँलो तथा ४१ एमएम भेरियन्ट गुलाबी रङमा उपलब्ध छ। त्यस्तै, जीटी ७ प्रोको ४६ एमएम भेरियन्ट कालो, हरियो र पहेँलो रङमा पाइन्छ।

सीमित अवधिको अफरअन्तर्गत हुवावे वाच जीटी ७ प्रो खरिद गर्ने ग्राहकले ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने हुवावे फ्रिबड्स एसई २ निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।

2