Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

नेपाल टेलिकममा ८० जनालाई स्थायी जागिरको अवसर

नेपाल टेलिकममा ८० जनालाई स्थायी जागिरको अवसर
A A+ A-

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले ८० जना कर्मचारीका लागि स्थायी जागिर खुलाएको छ । कम्पनीले विभिन्न सेवा, समूह र तहका पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

लोक सेवा आयोगको सहमतिमा कम्पनीको पदपूर्ति समितिले बिहीबार कात्तिक १३ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै तह ३ देखि तह ९ सम्मका ८० पदमा आवेदन माग गरेको छ ।

कम्पनीले वरिष्ठ अधिकृत, इन्जिनियर, प्रशासन, व्यापार, लेखा तथा प्राविधिक सेवाका पदमा कर्मचारी माग गरेको छ । कुल रिक्त पदमध्ये वरिष्ठ अधिकृत तह ८ र ९ मा चार जना माग गरिएको छ । यसअन्तर्गत तह ९ को उपप्रबन्धक पदमा एक जना, तह ८ को वरिष्ठ इन्जिनियर (टेलिकम), वरिष्ठ व्यापार अधिकृत र वरिष्ठ लेखा अधिकृतमा एकएक जना माग गरिएको छ ।

त्यस्तै, तह ७ का प्राविधिक अधिकृततर्फ १६ जना इन्जिनियर माग गरिएको छ । इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा तीन, कम्प्युटरमा १० र इलेक्ट्रिकलमा तीन जना माग गरिएको हो । कम्प्युटर इन्जिनियरतर्फ सबैभन्दा धेरै १० पदका लागि आवेदन खुलाइएको छ ।

तह ६ को प्रशासन तथा लेखा अधिकृततर्फ १९ पदमा दरखास्त माग गरिएको छ । सहायक प्रशासकीय अधिकृतमा नौ, सहायक व्यापार अधिकृतमा आठ र सहायक लेखा अधिकृतमा दुई जना माग गरिएको छ ।

सहायक स्तरका तह ३, ४ र ५ मा भने ४१ जनाका लागि जागिर खुलेको छ । तह ५ को ओभरसियरमा तीन, तह ४ को टेलिकम टेक्निसियनमा नौ, सहायक पदमा १७ र तह ३ को जुनियर टेक्निसियनमा १२ जना माग गरिएको छ । सहायक पदमा सबैभन्दा धेरै १७ जनाका लागि आवेदन खुलाइएको छ ।

कसले दिन पाउँछन् आवेदन ?

नेपाल टेलिकमको विज्ञापनअनुसार सहायक स्तरका तह ३ र ४ का पदमा आवेदन दिन दरखास्तको अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । अधिकृत स्तरका तह ६ र ७ का लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै, तह ८ र ९ का पदमा आवेदन दिन २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । महिला तथा अपाङ्गता भएका उम्मेदवारका लागि माथिल्लो उमेर हद ४० वर्ष कायम गरिएको छ । कम्पनीका बहालवाला स्थायी कर्मचारीलाई भने उमेरको हद लाग्ने छैन ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले नेपाल टेलिकमको आधिकारिक वेबसाइट www.ntc.net.np वा अनलाइन आवेदन प्रणाली recruit.ntc.net.np मार्फत दरखास्त दिन सक्नेछन् ।

दरखास्त बुझाउने अन्तिम मिति २०८३ मंसिर ३ गते तोकिएको छ । उक्त मितिसम्म आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर मंसिर १० गतेसम्म दरखास्त दिन सक्नेछन् ।

परीक्षा दस्तुर तह ८ र ९ का लागि ८०० रुपैयाँ, तह ६ र ७ का लागि ७०० रुपैयाँ, तह ४ र ५ का लागि ५०० रुपैयाँ तथा तह ३ का लागि ३०० रुपैयाँ निर्धारण गरिएको छ । थप समावेशी समूहमा आवेदन दिँदा अधिकृत स्तरका लागि प्रतिसमूह २०० रुपैयाँ र सहायक स्तरका लागि १०० रुपैयाँ अतिरिक्त शुल्क लाग्नेछ ।

विज्ञापन गरिएका सबै पदको लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ । परीक्षा मिति र केन्द्र आयोगले पछि निर्धारण गर्नेछ । प्राविधिक सेवाअन्तर्गत तह ४ को टेलिकम टेक्निसियन र तह ३ को जुनियर टेक्निसियन पदका उम्मेदवारले लिखित परीक्षासँगै प्रयोगात्मक परीक्षा पनि दिनुपर्नेछ ।

यससँगै नेपाल टेलिकममा प्राविधिक, प्रशासनिक र लेखा क्षेत्रका विभिन्न शैक्षिक योग्यता भएका नेपाली नागरिकलाई स्थायी रोजगारीमा प्रवेश गर्ने अवसर खुलेको छ ।

2